Sidha Patra शनिबार, भाद्र २९, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताएका छन् ।

गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताएका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइ संस्थाकाे रजत जयन्ती कार्यक्रमलाई सम्बाेधन गर्दै उनले ‘एक घर-एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयाेजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए ।`प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खाेल्दै छाैं ।खानेपानीकाे गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछाैं´उनले भने-`चालू बर्षमा १६८ खानेपानी आयाेजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छाैं ।´ याेजनाबद्द विकास प्रदेश सरकारकाे पहिलो आधार भएकाे बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेकाे बताए ।

`प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छाैं´उनले भने-`योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी,कृषि,पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिकाे अभियान सफल बनाउन सक्छौं ।´ मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनकाे उद्घाटन र रजत स्मारिकाकाे विमाेचन गरेका छन् ।

रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेकाे मुख्यमन्त्री आचार्यले बताए । यो खानेपानी तथा सरसफाइ संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुकाे अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुरगेको महशुस मुख्यमन्त्री आचार्यले गरेका छन् ।

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताए । त्यस्तै तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जीवनकाे लागि भएको बताए । सुरक्षित खानेपानीका लागि प्रदेश सरकारसंग समन्वय गरिने उनले बताए ।

प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्‍याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताए । कार्यक्रममा प्रज्वल बाेहाेरा लगायतले सम्बाेधन गरेका थिए । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलाे,कुवा, इनार र खाेलाकाे पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्‍याउन सफल भएको बताए । कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव कमला ज्ञवालीले गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]