Sidha Patra शनिबार, भाद्र २९, २०८१

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा अल्पसंख्यकसंग प्रहरी वृक्षरोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

ऐरावती गाउँपालिका वडा नम्बर ५ सिन्दुरेडाँडा स्थित सामुदायिक भवनको परिसरमा प्रहरी कर्मचारी, गन्धर्व समुदायका स्थानीयवासी लगायतको उपस्थितीमा गिठ्ठी प्रजातिको ३० वटा बिरुवा रोपण गरिएको हो ।

त्यस्तै उक्त कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले गन्धर्व समुदायको आर्थिक उपार्जनका लागि गिठ्ठीको बिरुवा बृक्षारोपण गरिएको बताए । गन्धर्व समुदायको कला संस्कृतीलाई लोप हुनबाट बचाउन विभिन्न विकासका कार्यक्रमहरु संचालन गरिनु पर्नेमा उनले जोड दिए । यसका साथै गन्धर्व समुदायको मौलिक बाजा सारङ्गि संरक्षणको लागी पुस्ता हस्तान्तरण जरुरी रहेको प्रमुख जिल्ला अधिकारी शर्माको ठहर रहेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक इश्‍वर थापाले अल्पसंख्यक गन्धर्व समुदायको समस्या पहिचान तथा सामाधान हुनुपर्ने बताए । उनले अपराध न्यूनिकरणका साथै गन्धर्वहरुको सीपलाई उजागर गर्नु, परम्परा, कला, सस्कृतिको जगेर्ना गर्नु र सिप विकास मार्फत मनोसामाजिक स्वस्थ्य प्रवर्धन गर्न सांकेतिक रुपमा कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन स्थानीयलाई आग्रह गरे ।

गन्धर्व समाजका सचिव अर्जुन गन्धर्वले स्थानीयसंग हातेमालो गर्दै अभिभाबकिय भुमिका निर्वाह गरेकोमा जिल्ला प्रहरी कार्यालय प्युठानलाई धन्यवाद ब्यक्त गरे । साथै शुक्रबार रोपण गरिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता समेत जनाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]