Sidha Patra बिहिबार, भाद्र २७, २०८१

काठमाडौं । देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले अवैध लागूऔषध सहित १४ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर,नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा,मिर्चैया नगरपालिका-५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–२ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका–५ स्कुलटोल बस्ने ४० वर्षीया प्रमिला देबी साह रहेका छन् ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यता कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५ मिलिग्राम सहित शिवराज नगरपालिका–६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै झापा,शिवसताक्षी नगरपालिका–२ किसन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अर्जुन कुमार राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाटखटिएको प्रहरीले काँकरभिट्टाबाट झिलझिलेतर्फ आउँदै गरेको बा.६२ प ३१४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, देवाहि गोनाही नगरपालिका–९ धरहरीस्थित राम जानकी मन्दिरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित मन्दिरका पुजारी सोही ठाउँ बस्ने ६५ वर्षीय सिकिन्द्र राय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाटखटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको रतुवामाई नगरपालिका-१ चुनीमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय गणेश तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१–०१–०१६ प ७१३३ ‍नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–८ दाम्राभिट्टा बस्ने २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को।२४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]