तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, भाद्र २६, २०८१

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले मंगलवार र बुधवार गरी २ दिन राप्ती गाउँपालिका क्षेत्रको बजार अनुगमन गरेको छ ।

राप्ती गाउँपालिका, ईलाका प्रशासन कार्यालय लमही र खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङको समन्वयमा राप्ती गाउँपालिकाको वडा नम्बर १, २,४, ५, ६ र ८ नम्बर वडाका बजार क्षेत्रको अनुगमन गरिएको हो ।

त्यस्तै ३० वटा पसलको अनुगमन गर्दा १७ वटा विभिन्न प्रकृतिका पसल कारबाहीमा परेका छन् । कारबाही स्वरुप ती पसलहरूलाई ५ हजारदेखि ५० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ । यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी आवश्यक निर्देशन समेत दिइएको छ ।

आसन्न चाडपर्वमा खाद्य र गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, मुल्यसुची नराखेको,उत्पादित बस्तुमा उत्पादन मिति उल्लेख नगरेको,बिलिङ प्रक्रिया नमिलेको १७ वटा पसलबाट २ लाख ९० हजार जरिवाना गरिएको छ भने १९ वटा पसलबाट ५० हजार ८ सय ३ रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरि नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख विष्णुप्रसाद धितालले जानकारी दिए ।

जरिवाना गरिएका पसलहरुमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित मष्टमाक्रे रिजाल राइस एण्ड आयल मिलबाट ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यसैगरी वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पोख्रेल किराना पसल, रिजाल खाद्य भण्डार,अनुज इन्टरप्राइजेजबाट क्रमश २०÷२० हजार, त्यसैगरी वडा नम्बर २ को लालमटिया बजार स्थित भुसाल सप्लायर्स, आर्शिवाद किराना एण्ड कोल्ड स्टोरबाट क्रमश २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी वडा नम्बर ४ काे मौरीघाट स्थित शरद जनरल स्टोर,प्रशिद्धि एग्रो एण्ड प्रोसेसिङ प्रालिबाट क्रमश २०÷२० हजार रुपैयाँ, वैष्णवी जनरल गल्ला तथा मदिरा खुद्रा पसल, दाजुभाई किराना पसलबाट क्रमश १०÷१० हजार रुपैयाँ र सोही वडाकै शाही सप्लायर्सबाट ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यसै बीच वडा नम्बर ८ को पिपरी स्थित वर्षा किराना एण्ड कष्मेटिक पसलबाट २० हजार, सोही वडाकै बिजौरी स्थित न्यु ज्ञवाली जनरल स्टोरबाट १० हजार, सोही वडाकै पिपरी स्थित गुप्ता किराना पसल, अरुण टेडर्सबाट १०÷१० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै वडा नम्बर ५ को सन्तोष गल्ला एण्ड किराना पसलबाट ५ हजार र वडा नम्बर ६ को पत्थरगढवा स्थित चौधरी गल्ला एण्ड किराना पसलबाट २० हजार रुपैयाँ जरिवना गरिएको निमित्त कार्यालय प्रमुख धितालले जानकारी दिए । जरिवना गरिएका पसलका सञ्चालकहरुलाई १ हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंक मार्फत जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिएको निमित्त कार्यालय प्रमुख धितालले बताए । दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव,कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।

यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख विष्णुप्रसाद धितालको नेतृत्वमा भएको बजार अनुगमनमा सोही कार्यालयकै नायव सुब्बा डम्बर बहादुर बुढा, कम्प्युटर अपरेटर सोमु थापा क्षेत्री, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरी, वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष चम्फा पुन,४ नम्बर वडा सदस्य विष्णु पोख्रेल,पालिकाका प्रशासन प्रमुख विकाश ज्ञवाली, कृषि शाखा अधिकृत प्रदिप खत्री,पशु विकास शाखाका पशु डा. विनय थापा,ईलाका प्रशासन कार्यालय लमहीका नायव सुब्बा बामदेव गिरी,खाद्य प्रविधि तथा गुणनियन्त्रक डिभिजन कार्यालय तुलसीपुर दाङका खाद्य निरीक्षक सुर्दशन गोसाई, सोही कार्यालयका खाद्य निरीक्षक राजेश चौधरी,ईलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख तथा प्रहरी नायव निरीक्षक मनोहरराम चौधरी,ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक नाथु प्रसाद यादव, प्रहरी चौकी मसुरियाका कार्यालय प्रमुख तथा प्रहरी सहायक निरीक्षक चेतमान केसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, सचिव भरतमणी न्यौपाने,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पाषर्द महेश रिजाल,देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]