
Gsbg-3
Csbg-7
Gsbr-6
ksbl-7
Usbl-7
jsbr-3
Msbg-2
Jsbg-7
Rksr-7
Pbu


दाङ । मानव वेचविखन र ओसार पसारको रोकथाम तथा नियन्त्रणमा कृयाशिल संस्था शान्ती पुर्नस्थापना गृह कोईलाबासले एक बर्षमा २८ जना महिला तथा वालवालीकाहरुको उद्धार गरि पारिवारीक पुर्नमिलन गराउन सफल भएको पाईएको छ भने ७ सय ३१ जना महिला तथा वालवालिकाहरुलाई वर्डर क्षेत्रबाट मानव वेचविखन तथा ओसार पसार सम्बन्धमा सचेतना तथा मनोसामाजिक परामर्श प्रदान गरेको पाइएको छ ।
शान्ती पुर्नस्थापना गृह कोईलाबासका परामर्शदाता सिमा जिसीका अनुसार संस्थाले सार्वजनिक गरेको बार्षिक कार्यप्रगति प्रतिवेदन मार्फत सो कुरा सार्वजनिक गरिएको हो । मानव बेचविखन तथा ओसारपसारका प्रमुख कारक तत्वहरुको पहिचान गर्दै यस्ता जघन्य अपराधहरुलाई न्यूनीकरण तथा निरुत्साहित पार्न शान्ती पुर्नस्थापना गृह कोईलाबासले बर्षभरी गरेको कार्यप्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ । जसका लागि यस्तो अपराधमा संलग्न ब्यक्तिहरुलाई हतोत्साहित र निरुत्साहित पार्ने, बेचविखनमा परेकाहरुको उद्धार गर्ने, बर्डरबाटै छिर्न नदिने, स्वदेश फिर्ता गराउन पहल गर्ने, कानूनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, सुरक्षित आवास र पारिवारीक पुर्नमिलन गराउने, स्थानीय सरकार, गैह्र सरकारी संघसंस्था, सुरक्षा निकायसंग समन्वय सहकार्य गर्ने र बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने लगायतका कामहरु यस संस्थाले गर्दै आएको परामर्शदाता सिमा जिसीले बताइन् ।
दलालको फन्दा वा प्रलोभनमा परि नेपाली महिला तथा वालवालीकाहरु नेपाल भारत सिमा क्षेत्रका विभिन्न नाकाहरुबाट भारतमा लैजाने र जाने प्रकृयालाई रोकथाम गर्न शान्ती पुर्नस्थापना गृह कोईलाबासले स्थानीय सरकार र सुरक्षा निकायको समन्वय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अब्दुल खालिक सिद्धिकीले बताए । कोइलाबासमा २०७७ सालमा यो संस्थाको डेस्क स्थापना संगै कर्मचारीहरुको डिउटी आरम्भ भएपछि महिला तथा वालवालीकाहरुको अवैध ओसारपसारमा निकै कमी आएको अध्यक्ष सिद्दिकीले बताए ।
स्थानीय सरकार, प्रहरी कार्यालय, सिमा सुरक्षा वल, यातायात ब्यवसायी संघ र जनसम्पर्कको समन्वय सहकार्यमा नेपाल भारत सिमा क्षेत्रहरुबाट दलालको फन्दामा परि वा रोजगारी लगायत विभिन्न प्रलोभनमा भारतमा लैजान थालिएका महिला तथा वालवालिकाहरुको उद्धार तथा उनिहरुलाई मनोसामाजिक परामर्श प्रदान गर्ने गरिएको छ भने शंकास्पद ब्यक्तिको गहिरो निगरानी र अनुसन्धान गरि यस्ता गतिविधिमा संलगहरुको पहिचान गर्न सफल भएका छौं । यस्तो समस्यामा पर्न थालेका धेरैको उद्धार गरि सामाजिक मनोपरामर्श मार्फत पारिवारीक पुर्नमिलन गराउन सफल भएका छौं– कार्यालय प्रमुख तथा परामर्शदाता सिमा जिसीले बताइन् । हाम्रो आव्हान–मानव वेचबिखन बिरुद्धको अभियान भन्ने मूल नाराका साथ शान्ती पुर्नस्थापना गृह नेपालको स्थापना २०५० सालमा भएको र यसको मुख्य कार्यालय ललितपुरको गोदावरीमा रहेको छ ।
जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता तथा आवद्ध भै मानव बेचविखन र ओसारपसार नियन्त्रण तथा रोकथाममा कृयाशिल यस संस्थाले २०७७ सालको सुरुवातमै कोइलाबासमा कार्यालय स्थापना गरि काम सुरु गरेको जिसीले बताइन् । नवलपरासी, चितवन, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मकवानपुर, रसुवा, सिंधुपाल्चोक, दाङ, कैलाली र ललितपुर गरी देशका १४ जिल्लाका नेपाल–भारत सिमा क्षेत्रहरुमा यस संस्थाका कार्यालयहरु संचालनमा रहेका छन् ।
गत २०८० को श्रावण महिना देखि २०८१ को असार मसान्ता सम्म दाङको कोइलाबास वर्डरमा रहेको शान्ती पुर्नस्थापन गृहले ७ सय ३१ महिला तथा वालवालिकाहरुलाई कार्यालयबाटै मनोसामाजिक परामर्श प्रदान गरेको र २८ जना महिला तथा वालवालीकाहरुको उद्धार गरि पारिवारीक पुर्नमिलन गराउन सफल भएको वार्षिक कार्यप्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जसमध्ये संस्थाको आफ्नै पहलमा बर्डरबाटै १२ जना महिला तथा वालवालीकाको उद्धार गरि पारिवारीक पुर्नमिलन गराइएको छ भने नेपाल प्रहरीको रोहवरमा सिमानाबाटै १४ जना महिला तथा वालवालीकाहरुको उद्धार गरि परिवारलाई हस्तान्तरण गरिएको छ । भारतमा बेचिएका एक जनाको उद्धार गरि परिवारलाई बुझाईएको छ भने अर्को १ जनाको उद्धार गरि पुर्नस्थापनाका लागि सिफारिस गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय वासिन्दाहरुलाई निर्वाध रुपमा चेकजाँच गर्न गाह्रो पर्ने गरेको, मोटरसाईकिल चेकजाँच र ईष्ट्रिको ब्यवस्थापनमा कठिनाई, बुर्का लगाएर बर्डर पार गर्ने समुदायको पहिचान गर्न कठिन हुने गरेको, पितृसत्ता सोंचमा परिवर्तन नआउनु, रोजगारीको बाहाना तथा बजार जाने वाहानामा मिलेमतोमा बर्डर पार गर्ने परिपाटी, सिमापार गराउन कतिपय अभिभावकहरुकै प्रयोग हुनु, राजनितिक हस्तक्षेप रहनु र निगरानी गर्ने जनशक्तिीको समेत कमी हुनु समस्या र चुनौतिहरु रहेको पुर्नस्थापना गृहको भनाई छ । जसका लागि स्थानीय सरकार, सरकारका सुरक्षा संयन्त्रहरु, नागरिक समाज, मानवअधिकारवादी संघसंस्थाहरु, राजनितीक दलहरु, संचार माध्यम र पत्रकारहरु लगायत सबैको थप सहयोग भएमा विभिन्न प्रलोभनमा महिला तथा वालवालिकाहरुको ओसार पसार र वेचविखनका कयाकलापहरु पूर्ण रुपमा नियन्त्रण गर्न सकिने शान्ती पुर्नस्थापना गृहको धारणा रहेको छ ।
