
Rbs
mbd
Gisld
Pbu
Sds
Mbdvs

Rgu
Ggd
Wsp
Pvg
Bbbpu
Asm
Ssm
Tsm
Rsb
Ksm
Sbs
nsb
Bbu
Vor
Gst
Sls
Rgs
Rgu
Hal

Rpp
Bml
Ptm
Syp
Rmb
Mks
Pls
bbt
sab
Jmb
Jmb
Abd
Gsb
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वले पूर्णता पाएको छ । संघको अध्यक्षमा टंकसिह बुढाथोकी र कोषाध्यक्षमा शुसिल पोख्रेल निर्वाचित हुनु भएको छ । सोमबार भएको मतदान र गएराती सम्पन्न मतगणना पछि बुढाथोकीले एक हजार २ सय ५७ मत ल्याएर अध्यक्षमा निर्वाचित हुन भएको हो ।
त्यस्तै उहाँको प्रतिद्धन्द्धी बसन्त जोशीले एक हजार १३ मत ल्याउनु भएको थियो । त्यसैगरी शुुसिल पोख्रेलले एक हजार २ सय ६३ मत ल्याएर कोषाध्यक्षमा निर्वाचित हुनुु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्द्धी धनपती शर्माले ९ सय,८५ मत ल्याउनु भएको थियो । चार हजार,३ सय ३८ जना मतदाता रहेको उद्योग बाणिज्य संघमा २ हजार,४ सय ३२ जनाले भोट हालेका थिए । यस अघि अन्य १८ पदमा भने सहमतीबाट पदाधिकारी र सदस्य चयन भैसकेका छन् ।
सहमती गर्ने क्रममा ६ जना थप गरिएको छ । एक जना बरिष्ठ उपाध्यक्ष, एक जना सह कोषाध्यक्ष, २ जना सदस्य, एक जना एसोशियट सदस्य र एक जना बस्तुुगत सदस्यकारुपमा चयन गरिएको छ । संघमा अब २० जना नयाँ पदाधिकारी, सदस्य र एक जना निवर्तमान अध्यक्ष रहने गरी २१ सदस्यीय समिति बनेको छ ।
