Sidha Patra मंगलबार, पौष २१, २०७७

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वले पूर्णता पाएको छ । संघको अध्यक्षमा टंकसिह बुढाथोकी र कोषाध्यक्षमा शुसिल पोख्रेल निर्वाचित हुनु भएको छ । सोमबार भएको मतदान र गएराती सम्पन्न मतगणना पछि बुढाथोकीले एक हजार २ सय ५७ मत ल्याएर अध्यक्षमा निर्वाचित हुन भएको हो ।
त्यस्तै उहाँको प्रतिद्धन्द्धी बसन्त जोशीले एक हजार १३ मत ल्याउनु भएको थियो । त्यसैगरी शुुसिल पोख्रेलले एक हजार २ सय ६३ मत ल्याएर कोषाध्यक्षमा निर्वाचित हुनुु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्द्धी धनपती शर्माले ९ सय,८५ मत ल्याउनु भएको थियो । चार हजार,३ सय ३८ जना मतदाता रहेको उद्योग बाणिज्य संघमा २ हजार,४ सय ३२ जनाले भोट हालेका थिए । यस अघि अन्य १८ पदमा भने सहमतीबाट पदाधिकारी र सदस्य चयन भैसकेका छन् ।

सहमती गर्ने क्रममा ६ जना थप गरिएको छ । एक जना बरिष्ठ उपाध्यक्ष, एक जना सह कोषाध्यक्ष, २ जना सदस्य, एक जना एसोशियट सदस्य र एक जना बस्तुुगत सदस्यकारुपमा चयन गरिएको छ । संघमा अब २० जना नयाँ पदाधिकारी, सदस्य र एक जना निवर्तमान अध्यक्ष रहने गरी २१ सदस्यीय समिति बनेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]