
Ggp
sbs
Unsku
Djs
cjs
Gfs
Lnp
Srbpu
pku
Rgp1
Pbu
Sgr
Rgp
Pes

Rgu
Sls
nsb
Pvg
Hal
Vor
Gst
Tsm
Bbu
Ksm
Asm
Rgu
Rsb
Sbs
Wsp
Ggd
Bbbpu
Ssm
Rgs

Ptm
sab
Rmb
bbt
Jmb
Syp
Bml
Pls
Gsb
Mks
Jmb
Rpp
Abd
काठमाडौं । दाङ जिल्लाको समग्र आर्थिक एवं भौतिक विकाशको माग लिएर दाङ जिल्लाका जनप्रतिनिधिहरु र प्रधानमन्त्रीबीच शनीवार प्रधानमन्त्री निवाश वालुवाटारमा बृहत छलफल भएको छ ।
प्रधानमन्त्रीसंग जनप्रतिनिधिहरुको भेटघाटको समन्वय नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सांसद दिपक गिरी र एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए । प्रधानमन्त्रीसंग यी विषयमा करीव आधाघण्टा गम्भीर छलफल भएको भेटवार्ता समन्वयकर्ता दिपक गिरीले बताएका छन् ।
दाङको समग्र विकाशको मागपत्र कांग्रेस नेता दिपक गिरीले पढेर सुनाइसकेपछि प्रधानमन्त्रीको सचिवालयलाइ बुझाएका छन् । जनप्रतिनिधिहरुले प्रधानमन्त्री केपि ओलीलाइ बुझाएको मागपत्रमा दाङ जिल्लाको तुलसीपुरस्थीत टरीगाउ विमानस्थलको धावनमार्ग स्तरोन्नतीकालागि डिपिआर गर्ने र यसकालागी आवस्यक बजेट विनियोजन गर्ने विषयलाइ पहिलो प्रार्थमिकतामा राखिएको छ । त्यसैगरी घोराही—तुलसीपुर चारलेन सडक यथासिघ्र टेण्डर गर्ने, दाङ जिल्लासंग सिमा जोडिएको कोइलाबास भन्सार नाकालाइ सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्तीलाइ तत्काल स्वीकृत गरी प्रतिष्ठानमा एमविविएस तहको पढाइ तत्काल सुरु गर्ने,दंगिशरण राजाको पहिचान थारु संस्कृति झल्कीने सुकौरा राजकोटको पुर्ननिर्माणकालागी ५ करोड रुपैया विनियोजन गर्ने, सुकौरा—चरकमटिया सडकमा आवस्यक बजेट विनियोजन गरी टेण्डर गर्ने, देउखुरी उपच्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सन्चालन गर्ने, राप्ती ववइ क्याम्पसलाइ त्रिविविको आंगिक क्याम्पस बनाउने माग समेटिएका छन् ।
त्यसैगरी मागपत्रमा दाङ जिल्ला स्थित राप्ती र ववइ नदीको दुवै तर्फ तटवन्ध निर्माण गर्ने, दाङ उपत्यकामा चक्रमथ तथा ववइ करीडोर निर्माण गरी मेट्रो बस सन्चालन गर्ने, ग्वारखोला हाइड्याम निर्माण प्रक्रिया अघि बढाउने, स्वर्गद्धारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको अतिक्रमित जग्गा संरक्षण गरी सदुपयोग गर्ने तथा वेलझुण्डि आयुर्वेद चिकित्सा शिक्षण अस्पताल विजौरीको स्तरोन्नती गर्ने लगायतका मागगहरु पनि मागपत्रमा प्रस्तुत गरीएका छन् ।
मागपत्र बुझ्दै प्रधानमन्त्री केपि ओलिले आफु दाङ जिल्लाको एयरपोर्ट स्तरोन्नतीकालागी सकारात्मक भएको भन्दै धावनमार्ग विस्तारकालागी नेपाल सरकारले एक अर्व रुपैया बजेट विनियोजन गर्न अर्थमन्त्रयलाइ निर्देशन दिने तथा अन्य बांकि काम हवाइ उड्ययन प्राधिकरणले गर्ने भेटघाटमा सहभागि जनप्रतिनिधिहरुलाइ आश्वासन दिएका थिए । ‘भैरहवामा एयरपोर्ट छ, नेपालगन्जमा पनि एयरपोर्ट छ, सुर्खेतमा पनि एयरपोर्ट छ, तर बीचमै बनेको तुलसीपुरको टरीगाउ विमानस्थलको स्तरोन्नती गर्न अत्यन्तै आवस्यक छ’, प्रधानमन्त्री ओलिले भने यसकालागी आफुले गम्भीरता पुर्वक पहल गर्ने छु ।’ प्रधानमन्त्री ओलिले पश्चिम क्षेत्रका अन्य विमानस्थल खराव भएको समयमा पनि वैकल्पिक रुपमा दाङमा एयरपोर्ट आवस्यक रहेको पनि प्रधानमन्त्री ओलिले जनप्रतिनिधिहरुबीच स्वीकार गरेका थिए ।
प्रधानमन्त्रीलाइ टरीगाउ विमानस्थलको धावनमार्गको बृद्धि लगायतका विविध विकाश निर्माणका विषयमा मागपत्र बुझाएका छो, साथै मागपत्रप्रति प्रधानमन्त्री ओलिले देखाएको चासो प्रति पनि हामी आशावादी छौ । डेलिगेशन संयोजक तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य, संघिय सांसद एवं पुर्व सिचाइमन्त्री गिरीले भने । साथै उनले समग्र दाङको आर्थिक समृद्धि एवं भौतिक विकाशमा आफु निरन्तर लागीरहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय महासचिव तथा लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोख्रेलले पनि जनप्रतिनिधिबाट आएका मागहरुलाइ सम्वोधन गर्न प्रधानमन्त्री ओलिलाइ अनुरोध गरेका थिए । प्रदेशको स्थाइ राजधानी भएको स्थानमा पनि एउटा नियमित हवाइ सेवा हुन नसक्नु नितान्त दुर्भाग्य भएको बताउदै टरीगाउ विमानस्थलको तत्काल धावनमार्गको स्तरोन्नती र चारलेन सडकको चाडै टेण्डर गर्नकालागी पनि प्रधानमन्त्री ओलिको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री समक्ष मागपत्र लिएर संयोजक गिरी सहित नेपाल कम्युनिष्ट पार्टिका महासचिव शंकर पोख्रेल, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, एयरपोर्टमा निरन्तर चासो लिदै आएकि उपमेयर स्यानी चौधरी, घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी, ववइ गाउपालिकाका अध्यक्ष कुल वहादुर खत्री, दंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरी, शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेत, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विनिल केसी, तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर घनश्याम पाण्डे लगायतका विभिन्न जनप्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
‘प्रधानमन्त्रीको आश्वासन प्रति हामी आशावादीछौं, संभवतः यहि आर्थिक बर्षमा टरीगाउ विमानस्थलको स्तरबृद्धिको प्रक्रिया अघि बढ्ने छ भन्नेमा हामी सतप्रतिसत आशावादी छौं’—एयरपोर्टका विषयमा जनप्रतिनिधि निर्वाचित भएलगत्तै विशेष चासो राख्दै आएकि तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले भनिन् । प्रधानमन्त्रीको आश्वासन प्रति उद्योगी व्यवसायीहरु पनि सकारात्मक देखिएका छन् । ‘टरीगाउ विमानस्थलको धावनमार्गको स्तरोन्नती र चारलेन सडकको चाडै ठेक्का हुन्छ भन्नेमा हामी प्रधानमन्त्री ओलिको अभिव्यक्तिबाट आशावादी छौं’— तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले गोरक्षलाइ प्रतिक्रिया दिए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बशन्त जोसी पनि प्रधानमन्त्रीले दिएको आश्वासनमा आफुहरु विश्वस्त रहेको अभिव्यक्ति दिएका छन् । विसं २०११ शालमा स्थापना भएर घासे मैदानमा नियमित हवाइ सेवा सुरु गरेको टरीगाउ विमानस्थल पछिल्लो समयमा कालोपत्रे भएर पनि हवाइ सेवा नियमित हुन सकेको छैन । जम्मा ७ सय ५० मिटर मात्र लमवाइको धावनमार्ग रहेको सो विमानस्थलमा १८ सिटे टुवीनअटर जहाज वाहेक अन्य ठुला जहाजले उडान भर्न सक्दैनन् । पछिल्लो समयमा त्यहि १८ सिटे जहाजको हवाइ सेवा समेत बन्द भएको छ ।
