
cjs
Pbu
Srbpu
Gfs
Rgp
Unsku
Djs
Lnp
sbs
Rgp1
Ggp
pku
Sgr
Pes

Rgu
Sbs
Ksm
Gst
Ggd
Bbbpu
Asm
Bbu
Rgs
Hal
Pvg
nsb
Tsm
Rsb
Wsp
Ssm
Vor
Rgu
Sls

Mks
Rpp
Abd
sab
Rmb
Jmb
Pls
Ptm
Jmb
Bml
Gsb
bbt
Syp
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।
त्यस्तै आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज आचार्यलाई एमाले र कांग्रेससहित जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन् ।
यस्तै विपक्षमा भने माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् । राप्रपाका सांसद भने तटस्थ बसेको सभामुख घर्तीले जानकारी दिए । लुम्बिनी प्रदेशमा राप्रपाका ४ सांसद रहेका छन् ।
