टेकबहादुर पुन आइतबार, पौष १९, २०७७

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश नम्बर १ को हातमा परेको छ । दाङको लमही स्थित अन्तरास्ट्रिय क्रिकेट खेल मैदानमा भएको फाईनल खेलमा प्रदेश नम्बर १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफलाई ६ रनले पराजित गरेको हो ।

जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित रह्यो । उसका लागी ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारीले अबिजित रहँदै २६ रन जोडेपनि एपिएफलाई जित दिलाउन भने सकेनन् । ज्योति पाण्डेले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सुरुमै खराब प्रदर्शन गरेको एपिएफले ५ विकेट पश्चात् बलियो साझेदारी गरेपनी टिमलाई जित दिलाउन भने सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रनको योगदान गरिन । यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन बनाइन् । बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो । एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफुलाई बलियो टिमको रुपमा स्थापित गर्दै आईरहेको थियो । उसको रेकर्ड प्रदेश १ ले पहिलो पटक तोडेको हो । यो भन्दा पहिले सोही प्रकृतीको प्रतियोगितामा प्रदेश १ लाई एपिएफले हराएको थियो ।

अहिले भने प्रदेश १ ले नतिजा उल्टाउँदै आफ्नो पक्ष्यमा पारेको छ । जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]