Sidha Patra बिहिबार, साउन ३१, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रको बिहीबार आज सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिए । यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने जनाएको छ ।

यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस/मोर्चाको २७ र २८ गते बैठक बस्नेछ । यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए ।

त्यसैगरी ‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौँ । त्यसमा आएका सुझाव र सल्लाहको आधारमा राजनीतिक दस्ताबेज तयार गरी असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने सापकोटाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]