
Rgp1
Djs
Lnp
cjs
Gfs
pku
Ses
Pbu
Srbpu
Ggp
Sgr
Rgp
Unsku
Pes

Tsm
Ssm
Asm
Bbbpu
Hal
nsb
Rgs
Rsb
Gst
Ggd
Wsp
Ksm
Rgu
Vor
Sbs
Bbu
Rgu
Sls
Pvg

Pls
sab
Ptm
Syp
Mks
Jmb
Abd
Gsb
Bml
Jmb
bbt
Rmb
Rpp
काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरिएको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने नगरिने व्यवस्था अनुरुप पुस ६ गतेदेखि मतदाता नामावली दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
मतदाता नामावलीमा नाम दर्ता भइ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्नेछन् । आयोगले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गइ मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गरेको छ ।
झुटो विवरण दिइ कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्ध उजूरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुरोध गरेको छ। आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
