
Sdc
Ksbus
Lnp
Rgp
Asbus
Ggp
Ggp
Msbus
Ksbus

बुटवल । बुटवलमा एक भारतीय गाडीमा पेस्तोल फेला परेको छ । बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकिराखेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट ‘कम्पनी मेड’ पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो । जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कन्टेनरकै एयर फिल्टरमा लुकाइराखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
यसबारे अन्य आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए ।
