
Pbu
Unsku
Rgp1
Rgp
pku
Lnp
Srbpu
Ggp
Sgr

Gst
Rsb
Wsp
Pvg
Ksm
Ggd
Bbu
Rgs
Sls
Tsm
Ssm
Hal
Asm
nsb
Sbs
Bbbpu
Vor
Rgu
Rgu

Mks
Jmb
Abd
Gsb
Ptm
Syp
Rmb
sab
Bml
bbt
Rpp
Pls
Jmb
काठमाडौँ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
