
Lnp
sbs
Unsku
Rgp
pku
Gfs
Srbpu
cjs
Pbu
Ggp
Sgr
Rgp1
Djs
Pes

Rgu
Ggd
Rgu
Vor
Rgs
Sbs
Ssm
Pvg
Ksm
Wsp
Rsb
Hal
Tsm
Asm
Bbbpu
Sls
Gst
Bbu
nsb

Mks
Jmb
Bml
Abd
Gsb
bbt
Rpp
Pls
Jmb
Ptm
Rmb
Syp
sab
दाङ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै नेपाली काङ्ग्रेसले पाउनुपर्ने काङ्ग्रेसले दाबी गरेको छ ।
केन्द्रमा काङ्ग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् ।
काङ्ग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ सभापति पुनले बताए ।’
काङ्ग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री काङ्ग्रेसले पाउन सक्ने उत्तिकै सम्भावना रहेको तर्क गरे । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व काङ्ग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौं पुगेर पार्टी सभापति देउवा लगायत नेता भेटेका छन् ।
यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताए । लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनेछन् ।
त्यस्तै यता अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले पनि काङ्ग्रेस-एमालेबीच नै पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुंगिएकोले आफूले राजीनामा नदिएको बताएका छन् ।
मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै आफूले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्ने मुख्यमन्त्री महराले जानकारी दिए ।
