
Pbu
Rbs
Mbdvs
Sds
mbd
Gisld

Sls
Ggd
Ksm
Sbs
Ssm
Hal
Pvg
Bbbpu
Gst
Vor
Rgu
nsb
Rgs
Wsp
Asm
Rgu
Rsb
Tsm
Bbu

Ptm
bbt
Mks
Abd
Jmb
Rmb
Bml
Rpp
Syp
Gsb
Pls
sab
Jmb
सुर्खेत । स्थानीयको विरोधपछि सुर्खेतमा विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया रोकिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो ।
विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि लगत संकलनको काम तत्कालका लागि रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिनु भयो । स्थानीयहरुले अवरोध गरेपछि लगत संकलन तत्कालका लागि रोकेका छौं,’ प्रमुख पन्थीले भन्नु भयो,‘हामी तत्काल स्थानीयहरुसँग छलफल गर्छौं, त्यसपछि मात्रै लगत संकलनको काम अगाडि बढ्छ ।’ विमानस्थलको दिगो विकासका लागि सरकारले विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । विमानस्थल विस्तारको नाममा बस्तीलाई नै सखाब गर्न खोजेको उनीहरुको भनाइ छ ।
सहमतिको वातावरण तयार गर्नका लागि स्थानीयसँग वार्ता गर्ने तयारी भइरहेको पन्थीले जनाउनु भयो । स्थानियसँग वार्ताका लागि कर्णाली प्रदेश सरकार, अन्य सरोकार समिति,वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनबीच समन्वय थालिएको छ । हाल एक हजार २ सय,५५ मिटर रहेको धावनमार्ग विस्तार गरेर एक हजार ५ सय,५५ मिटर बनाइने छ । ३० विघा जग्गा अधिग्रहण गरेर ३ सय मिटर धावनमार्ग बढाइने गरी काम थालिएको थियो । तर, स्थानीयले उक्त क्षेत्रमा विद्यालय, क्याम्पसलगायतका भौतिक संरचना भएकाले विस्तार नगर्न र अन्य ठाउँमा विकल्प खोज्न माग गरेका छन् ।
विमानस्थल विस्तार गर्दा उत्तरतर्फ ६ ०० मिटर, दक्षिणतर्फ ४०० मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २०० मिटर क्षेत्रफल अधिग्रहणमा पर्ने छ । यसैबीच प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विमानस्थल विस्तारमा देखिएको समस्या छलफलबाट समाधान गरिने बताउनु भएको छ । हामी आज नै मुख्यमन्त्रीको संयोजकत्वमा सबै पक्षसँग बसेर छलफल गर्दैछौं,’ प्रजिअ रेग्मीले भन्नु भयो, विमानस्थल विस्तारमा देखिएका सबै समस्याको तत्काल समाधान गछौं उहाँले भन्नू भयो ।’
