
Rgp1
Pes
Pbu
Gfs
Sgr
Djs
sbs
cjs
Unsku
Ggp
pku
Lnp
Srbpu
Rgp

Asm
Rgs
Bbu
Ggd
Tsm
Rgu
nsb
Pvg
Rsb
Wsp
Ssm
Hal
Rgu
Bbbpu
Ksm
Sls
Gst
Sbs
Vor

sab
Ptm
Pls
Jmb
Syp
Rpp
Abd
Rmb
Jmb
bbt
Gsb
Bml
Mks
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । अनुशासन समितिले डा. ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।
बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय गर्ने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए। प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले मंगलबार नै निर्णय आउने उनले बताए । अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु वा परिमार्जन गरी कार्यान्वयन गर्नसक्ने बुर्लाकोटीले बताए ।
त्यस्तै स्रोतका अनुसार अनुशासन समितिले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ। गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो । आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि उहाँ मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए ।
यस्तै आजको बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
