भानु जोशी/लमही शुक्रबार, आषाढ २१, २०८१

दाङ । देउखुरीको लमही स्थित न्यू सौगात डेरी उद्योगका संचालक रविन्द्र लामिछाने र दिपा लामिछानेले आफ्नो ११ औं वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा खाद्यान्न सहयोग गरेका छन् ।

राजपुर-१ रसरीखोला बस्ने दीर्घ रोगी मान बहादुर पुनलाई वर्षगाँठको उपलक्ष्यमा चामल-१ बोरा, दाल, नुन,तेल लगायतको खाद्यान्न सहयोग गरेका हुन् । उक्त राहत हस्तान्तरण गर्दै कुशल युवा व्यवसायी लामिछानेले विभिन्न मानिसहरुले आफ्नो वैवाहिक वर्ष गाँठका समयमा ठुला,ठुला होटेलहरुमा गएर लाखौं खर्च गर्ने गरेको भएपनि आफुले त्यस्ता फजुल खर्च गर्नु भन्दा पनि यस्ता दिन दुखिलाई सहयोग गर्न चाहेको बताए । यस्तै खाने खर्च समेत नभएर छटपटाइ रहेका मान बहादुरले सहयोग पाएकोमा खुसी ब्यक्त गरेका छन् ।

त्यस्तै पुनले यसैगरी देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीलाई सहयोग गरि आफ्नो उपचार तथा गास,कपासका लागि समेत सहयोग गर्न याचना गरेका छन् । अहिले उनि दीर्घ रोगीका कारण विभिन्न व्यक्ति तथा सम्बन्धित निकायसंग सहयोग मागेर आफ्नो उपचार तथा खान बस्नका लागि खर्च जुटाएर गुजारा चलाइरहेको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]