
Ksb
Usb
Fmb
Nsb
Ssb
Rsb
Csb
Gsb
Tgp
Ksb
Bsn
Ssb
jsb
Ksb
Ppu
Rks

Usb
Gsb
Ssb
Tsb
Hl1

Rgu
Nps
ptl
दाङ । नेकपा एमाले पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बिहीबार आज एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् ।
त्यस्तै केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य,दिनेश पन्थी,भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।
यस्तै यसअघि बिहीबार दिउसो मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुलसी चौधरीले जानकारी दिए ।
