Sidha Patra बिहिबार, आषाढ २०, २०८१

काठमाडौं । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका वडा नम्बर ६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमान सिंह सरदारलाई पक्राउ गरेको हो । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय वासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले जानकारी दिए ।

त्यस्तै सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो । तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको ती प्रहरी अधिकारीको भनाइ छ ।

यस्तै झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ । घाइते सबैको अहिले भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

त्यस्तै सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]