
Sgr
Rgp1
Lnp
pku
Ggp
Unsku
Pbu
Rgp
Srbpu

Ggd
Bbbpu
Ssm
Sbs
Rsb
Rgs
Rgu
Asm
Rgu
Vor
Wsp
nsb
Bbu
Hal
Pvg
Gst
Tsm
Ksm
Sls

Pls
Ptm
Gsb
Mks
sab
bbt
Abd
Jmb
Rmb
Jmb
Rpp
Bml
Syp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेको ज्ञानाेदय माध्यमिक विद्यालयकाे नवनिर्मित ६ काेठे पक्की भवनकाे बुधबार उद्घाटन गरिएको छ ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका हुन् । भवन उद्वाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर कायम गर्न भाैतिक पूर्वाधारकाे महत्त्वपूर्ण भूमिका हुने बताए । अध्यक्ष विष्टले शिक्षा नि:शुल्क सँगसँगै गुणस्तरीय र व्यावहारिक हुनु पर्ने कुरामा जाेड दिदै त्यसको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै संस्थाकाे प्रशंसा गरे । त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले शैक्षिक क्षेत्रकाे सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकहरुकाे त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष भिम बहादुर चाैधरीले भवन निर्माण कार्यकाे खर्च विवरण प्रस्तुत गरेका थिए । संस्थाका कार्यकारी निर्देशक दिनेशराज सापकोटा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिए ।
शिक्षक अभिभावक संघकी संयाेजक सर्मिला चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष गीता कुमारी चाैधरी,शिक्षा शाखा प्रमुख विश्वास विक,क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालका कार्यकारी निर्देशक दिनेशराज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी शिक्षिका बसन्ती चाैधरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हर्क बहादुर चाैधरीले गरेका थिए ।

