
Ggp
Pbu
Srbpu
Rgp1
Rgp
Sgr
Unsku
pku
Lnp

Bbu
Asm
Vor
Rsb
Ssm
Tsm
Ggd
Hal
Rgu
Sbs
Gst
Pvg
Wsp
Sls
Rgu
Bbbpu
Rgs
Ksm
nsb

Jmb
Jmb
Abd
Rpp
bbt
Rmb
Gsb
Pls
Mks
Bml
Ptm
Syp
sab
दाङ । देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ ।
मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनको देवीकोट जाने बाटोको छेउबाट सो चिरान काठ प्रहरीले बरामद गरेको हो । काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक अमरबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त बनमा बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ बरामद गरेको हो ।
त्यस्तै बरामद गरिएको काठका विषयमा आवश्यक कारवाहीको लागी राप्ती सब डिभिजन वन कार्यालय मसुरिया पठाइएको प्रहरी निरीक्षक माझीले जानकारी दिए । सो काठ राप्ती गाउँपालिकाको ९ नम्बर वडाबाट ल्याउन लागेको हुन सक्ने प्रहरी निरीक्षक माझीले बताएका छन् । काठ तस्करहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक माझीले जानकारी दिएका छन् ।
