
Rgp1
Srbpu
Unsku
Pbu
Lnp
pku
Rgp
Ggp
Sgr

Bbbpu
Tsm
Ggd
Pvg
Gst
Vor
Sls
Rgs
nsb
Ksm
Rsb
Hal
Asm
Sbs
Rgu
Rgu
Bbu
Wsp
Ssm

Gsb
Ptm
sab
Rmb
Syp
Pls
Jmb
Jmb
Mks
Bml
Rpp
bbt
Abd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा २ महिने कम्प्युटर तालिम एक कार्यक्रमका बीच बुधबार सम्पन्न भएको छ ।
लमही नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा आइ.सि.टि कम्प्युटर ट्रेनिङ सेन्टरको आयोजनामा एसईई तथा प्लस टु दिएर बसेका विद्यार्थीहरुको लागि नि:शुल्क दुई महिने कम्प्युटर तालिम समापन भएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उप-प्रमुख योगीले यो तालिम मार्फत सम्पूर्ण युवा विद्यार्थी भाई बहिनिमा एकदमै सहयोग पुर्याएको बताएकि छिन् ।
कार्यक्रममा बोल्दै उनलेे सदैब यस्तो कार्यक्रमले युवावर्गमा सकरात्मक असर र देशमै केही गर्नु पर्छ भन्ने भावनाको विकास गराएको र आफ्नो उज्ज्वल भविष्यको लागि एक खुड्किला पार भएको समेत बताइन । सीप सिकेर सकियो अब सर्टिफिकेट पाइसकियो भनेर चुप लागेर नबस्न र प्रयोगात्मक रुपमा सिपलाई अधि बढाएर लैजानमा समेत उप-प्रमुख योगीले जोड दिएकि छिन् । यस्ता खालको कार्यक्रमबाट युवा वर्गमा सकरात्मक सोंच र रचनात्मक विकास हुने कुरा प्रष्ट भएको उनले बताइन् ।
त्यस्तै कार्यक्रमका अध्यक्ष पौडेलले कम्प्युटर तालिमले पूर्ण सफलता प्राप्त गरेकोमा सबैलाई बधाई तथा आगामि दिनमा पनि यस्तै तालिमको व्यवस्था गर्ने जानकारी गराएका छन् । साथै भौतिक पक्षबाट मात्र देश विकास गर्न नसकिने भएकोले छोटो समयमा ठुलो सफलता प्राप्त गर्न सकिने कुरा र यो कार्यक्रम साँचिकै उल्लेखनीय रहेको र विगतमा यसता कार्यक्रम थप गर्ने कुरा जानकारी गराए । यस्ता कार्यक्रममा सक्रियता साथ दिने तर विद्यार्थी भाई बहिनीहरु नतिजामुखी भई लगनशिल साथ मिहेनेत गरेर पढनु पर्ने नि:शुल्क मात्र नभएर सरकारको लगानीमा आफ्नो दायित्व एकदमै महत्वपूर्ण भएका कुरा उल्लेख गरेका थिए ।
विद्यार्थीको तर्फबाट विपिन के.सीले तालिम सोचेको भन्दा पनि राम्रो भएको जानकारी गराएका थिए । तालिम अवधिभर आफुलाई शान्त र रमणिय तरिकाले सिकाउने प्रमुख प्रशिक्षकलाई धन्यवाद सँगै मुख्त कण्ठले बारम्बार धन्यवाद दिएका थिए ।
त्यस्तै उक्त कार्यक्रममा आइ.सि.टि कम्प्युटर ट्रेनिङ सेन्टरमा प्रमुख प्रशिक्षक जय प्रकाश पौडेलले आफुले गर्नु भएको तालिमलाई सहज रुपमा लगेको र सबैको सक्रिय सहभागिता भएको हुँदा खुशी व्यक्त गरे । तालिमका क्रममा आफुले जानेको सिकेको सिपको पूर्ण रुपमा प्रयोग गरेको बताए । उक्त समापन कार्यक्रमको सञ्चालन वडा सचिव विन्तिराम चौधरीले गरेका थिए । कार्यक्रममा ४५ जनाको उपस्थिति रहेको थियो ।

