Sidha Patra सोमबार, पौष १३, २०७७

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस) मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
                                                     
मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार बीमाको व्यवस्था गरिएको हो । यो व्यवस्था अनुसार बीमाको अवधि गएको पुस १ देखि २०७८ सालको असार मसान्तसम्म हुने गरी सात महिनाको तोकिएको छ । यो बीचमा काममा खटाइएको एक सय दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएको हो ।

रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि बीमा कम्पनी लिमिटेडले छुट्टै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बिमालेख’ तयार गरेको छ । यसले सात लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्गता तथा अशक्तता बीमा र औषधि उपचार बीमा समेतलाई समावेश गरेको छ । यस बीचमा सम्झौताको प्रावधान अनुसार बीमितको बीमा रकमको भुक्तानीको लागि स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]