
mbd
Mbdvs
Rbs
Gisld
Sds
Pbu

Rgs
Hal
Sbs
Gst
Vor
Ggd
nsb
Tsm
Wsp
Bbbpu
Pvg
Rgu
Sls
Ksm
Bbu
Rsb
Rgu
Asm
Ssm

Jmb
Jmb
Mks
Pls
Syp
sab
Rpp
bbt
Bml
Gsb
Abd
Ptm
Rmb
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस) मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार बीमाको व्यवस्था गरिएको हो । यो व्यवस्था अनुसार बीमाको अवधि गएको पुस १ देखि २०७८ सालको असार मसान्तसम्म हुने गरी सात महिनाको तोकिएको छ । यो बीचमा काममा खटाइएको एक सय दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएको हो ।
रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि बीमा कम्पनी लिमिटेडले छुट्टै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बिमालेख’ तयार गरेको छ । यसले सात लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्गता तथा अशक्तता बीमा र औषधि उपचार बीमा समेतलाई समावेश गरेको छ । यस बीचमा सम्झौताको प्रावधान अनुसार बीमितको बीमा रकमको भुक्तानीको लागि स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।
