
Lnp
Sgr
pku
Pbu
Srbpu
Rgp
Ggp
Unsku
Rgp1

Vor
Wsp
Rgu
Pvg
Ksm
nsb
Tsm
Rsb
Ssm
Ggd
Rgu
Sbs
Bbu
Sls
Hal
Asm
Bbbpu
Gst
Rgs

Bml
sab
bbt
Rpp
Jmb
Pls
Syp
Rmb
Abd
Ptm
Mks
Gsb
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका -२ कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपिएको छ।
कठाहा सार्वजनिक वन उपभोक्त समूहकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा राप्ती नदीकाे तटिय क्षेत्रमा रहेको करिब ५ हेक्टर सार्वजनिक जग्गामा मंगलबार उक्त बिरुवा राेपिएकाे गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिए ।
राप्ती गाउँपालिकाकाे वन विकास कार्यविधि २०८१ अनुसार साे क्षेत्रमा आँप,लिची,अम्बा,अमला, बेल, निम,बडहर,कटहर, मौवा,चिउरी,लाकुरी,कल्की,जामुन,सित्तलचिनी,गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका २ हजार ७ सय बढी बिरुवाहरु रोपिएको प्राविधिक भुसालले जानकारी दिनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरीले वडामा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउनुका साथै त्यसबाट लाभ लिने उद्देश्यले बिरुवा रोपिएको बताए । अध्यक्ष चाैधरीले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताए ।
सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरीले बिरुवा संरक्षणकाे पाटाे उपभोक्ता समूहको भएको बताउदै वनबाट उपभोक्तहरुकाे जीवनस्तरमा समेत परिवर्तन आउने विश्वास व्यक्त गरे ।
वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चाैधरी,जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चाैधरी,राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी तथा पदाधिकारी लगायत उपभोक्तहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।
उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले गत महिना विभिन्न प्रजातिका १ हजार ८ सय बिरुवा राेपी सकिएको छ भने अन्य करिब २० हजार बिरुवा राेप्ने तयारी समेत गरिएको राप्ती गाउँपालिकाले जनाएको छ ।

