
Rsb
Ksb
Ksb
Ppu
Usb
Csb
Tgp
Fmb
Ssb
Gsb
Nsb
Bsn
Ksb
Rks
jsb
Ssb

Usb
Gsb
Tsb
Ssb
Hl1

Rgu
Nps
ptl
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ ।
आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
त्यस्तै अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापास लगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजातहरु आफ्नो नियन्त्रणमा लिएको हो ।
