
Lnp
pku
Rgp1
Ggp
Rgp
Pbu
Srbpu
Sgr
Unsku

Sls
Rgu
Rgs
Bbu
Vor
Rgu
Rsb
nsb
Ssm
Pvg
Wsp
Bbbpu
Ggd
Sbs
Asm
Hal
Gst
Tsm
Ksm

sab
Jmb
Mks
Abd
Rmb
bbt
Gsb
Ptm
Bml
Syp
Jmb
Pls
Rpp
दाङ । सीप सिकौ स्वरोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम सोमबार गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ ।
गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रमा गौमुत्र र गौ गोबरबाट करिब १५ प्रकारका सामाग्रीहरु बनाउने बारे तालिम दिईएको हो । तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्थानीय स्रोत र साधनलाई प्रयोग गरी आत्मनिर्भर बन्न सक्छु भन्ने हिम्मत गर्नु पर्ने बताए ।
एसइई दिएका भाई बहिनीहरुले पढ्दै कमाउदै कार्यक्रम मार्फत सिकेका कुरा व्यवहार उतार्न सके पढाई र व्यवसाय एकसाथ अघी बढाउन समस्या नहुने बताए । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट आवश्यक गौमुत्र र गौ गोबरको प्रयोगबाट निर्माण गर्न सकिने बिभिन्न किसिमका सामाग्रीहरु निर्माण गर्न तालिम पश्चात् खासै समस्या नहुने बताए । तालिम सिकेकाहरु मध्ये पचहत्तर प्रतिशतले सिकेका कुरा व्यवहारमा उतार्नेमा आफु विश्वस्त रहेको बताउदै व्यवसाय सञ्चालन गरे गढवा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । केमिकल रहित सामाग्री निर्माण गरे बजारीकरणको समस्या पालिकाले समाधान गर्ने बताए ।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगरले सिकेको सिपलाई उत्पादन मुलक कार्यक्रममा लगाउनु पर्ने बताए । कार्यक्रममा ६ नम्बर वडा सदस्य दिनामणी आचार्य, गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाका सचिव भरत पन्त लगायतकाले बोलेका थिए ।
प्रशोधित गौमुत्र,गौमुत्रबाट निर्माण भएको प्राकृतिक भाडा धुने सबुन,हातधुने झोल सावुन,प्राकृतिक फिनायल,हरित रसायन, गाईको गोबरबाट बनेको धुप,प्राकृतिक अमृतधारा, नुहाउने सावुन, लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम दिईएको छ। गौशाला व्यवस्थापन समिति तथा अन्य गरी ३० जनालाई तालिम दिईएको हो ।
गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ६ नम्बर वडा सदस्य दिनामणी आचार्य,महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक,गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाका अध्यक्ष जित बहादुर आले मगर,अन्य व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा ओमकार सहयोगी रहेका थिए भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेका थिए ।

