
Srbpu
Rgp
Sgr
Ggp
Pbu
Rgp1
Unsku
Lnp
pku

Rgs
Pvg
Rgu
Bbbpu
Tsm
nsb
Hal
Gst
Ssm
Vor
Wsp
Rgu
Asm
Sls
Ggd
Ksm
Rsb
Sbs
Bbu

Mks
Jmb
Rpp
Bml
Gsb
Rmb
Ptm
Jmb
Abd
Syp
bbt
Pls
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ रुपाकाेटमा प्राङगारीक भर्मिकम्पाेस्ट मल उत्पादन,प्रविधि र नमूना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम सुरु भएको छ ।गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे।
राप्ती गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले रासायनिक मलकाे बढ्दो प्रयोगले माटोको उर्वरा शक्ति घट्दै गएको र साे शक्ति कायम राख्न प्राङगारिक मल प्रयोगकाे विकल्प नरहेको बताए । रासायनिक मल एक प्रकारको रासायनिक विषादी भएको बताउदै अध्यक्ष विष्टले त्यसको प्रयोगले माटो सँगसँगै स्वास्थ्य र वातावरणमा समेत असर गर्ने बताए । अध्यक्ष विष्टले सहभागीहरुलाई भर्मिकम्पाेस्ट मलकाे उद्योग स्थापना र उत्पादित मल बिक्रीवितरणका लागि पालिकाले सहयोग गर्ने समेत बताए ।
त्यस्तै वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले तालिम निकै उपयोगी भएको बताउदै सहभागीहरूलाई तालिम अवधिभर नियमितरूपमा सहभागी भई सामूहिक उद्योग स्थापनामा लाग्नुपर्ने बताए ।
कार्यक्रममा वडा सदस्य दधि बहादुर बराल मगर, राष्ट्रिय युवा परिषद्का केन्द्रीय सदस्य तथा उद्वाशिलता अभियान्ता सन्दिप सपकाेटा, सहकारीकर्मी शिवध्वज मल्ल लगायतले भर्मिकम्पाेस्ट मल,प्रविधि र नमूना उद्योग स्थापनाका आवश्यकता,महत्त्व र फाइदाका बारेमा जानकारी दिएका थिए । नेचुरल एग्राे कृषि फर्म नवलपरासीका सञ्चालक तथा तालिमका प्रशिक्षक हरि भण्डारीले प्राङगारिक तथा जैविक मल बनाउने विधि, जैविक किरा नियन्त्रण प्रविधिको बारेमा जानकारी गराएका थिए।
राप्ती गाउँपालिकाकाे आयोजनामा तथा नेचुरल एग्राे कृषि फर्म नवलपरासीकाे प्राविधिक सहयोगमा सञ्चालित तालिममा २० जना कृषकहरुकाे सहभागीता रहेको छ।

