सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शनिबार, आषाढ ०८, २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागतिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै उक्त अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले टिआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको लागि बैठक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले संगठनको दुरूगामी हितको लागि छलफल फलदायी रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै बैठकमा भएको छलफल तथा अन्तरक्रियाबाट आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताए ।

कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गरेका थिए भने अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।

अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टिआरसी सम्बन्धि आफ्नो अनुभवसहितको प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले उक्त विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]