Sidha Patra शुक्रबार, आषाढ ०७, २०८१

दाङ । राप्ती गाउँपालिकाले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य सुरु गर्न लागेको छ । गाउँपालिकाले छुट कमैयाहरुको लगत संकलन गरि उनीहरूलाई विभिन्न प्रकारका परिचयपत्र प्रदान गर्ने उदेश्यले तथ्यांक संकलन गर्न लागेकाे हाे ।

गाउँपालिकाले बुधबार तथ्यांक संकलनमा खटिने गणकहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ। एक्सन एड नेपालको सहयोग तथा मुक्त कमैया समाज र कमैया महिला जागरण समाजको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुक्त कमैया घोषणा भएको २३ वर्ष बितिसक्दा पनि उनीहरूको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्नु दुखद भएको बताएका छन् । अध्यक्ष विष्टले मुक्त कमैयाहरुको तथ्याङ संकलन गरी उनीहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताए । मुक्त कमैयाहरुकाे समस्या समाधान गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने अध्यक्ष विष्टकाे भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले
तथ्यांक संकलनमा खटिने गणकहरुलाई सत्यतथ्य विवरण संकलन गर्न निर्देशन दिदै गैर कमैया पर्न नहुने बताए । छुट मुक्त कमैयाहरुको लगत संकलन गरी उनीहरुलाई परिचय पत्र प्रदान गर्नुका साथै
राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदानका लागि सहजताका लागि तथ्यांक संकलन गर्न लागिएको पालिकाले जनाएको छ।

गाउँपालिकाको १ देखि ८ वडा सम्म असार ६ गते देखि १६ जना गणकहरु खटाउन लागेकोले सहि विवरण टिपाउन समेत आग्रह गरेको छ । राप्ती गाउँपालिकामा हालसम्म रातो कार्ड १ सय ७४, निलो कार्ड १ सय ६८, पहेलो कार्ड १सय ४९ र सेतो कार्ड २ सय ७४ जना गरी कुल ७ सय ६५ जनाले परिचयपत्र पाइसकेका छन् । भने ८ सय १५ जनाले विभिन्न प्रकृतिका परिचयपत्र पाउन बाँकी रहेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, मुक्त कमैया समाज दाङका अध्यक्ष तथा केन्द्रिय महासचिव हरिचन्द्र चौधरी,कमैया महिला जागरण समाज दाङकी अध्यक्ष सुनरुपी चौधरी लगायतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली,वडा अध्यक्षहरु, वडा सचिवहरु र गणकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको विषयवस्तु बारे जानकारी कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरीले गराएका थिए भने कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]