Sidha Patra शुक्रबार, आषाढ ०७, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सम्बन्धित सरोकारवाला निकायसंग बिहीबार एक कार्यक्रमका बीचमा राय,सुझाव संकलन गरेको छ ।गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले कार्यक्रमको बारेमा प्रस्त पारेका थिए । त्यस्तै उक्त कार्यक्रममा मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र (सिड्स)कार्यक्रम राजपुरका संयोजक राजेन्द्र अधिकारी,सिपी नेपालका कार्यक्रम अधिकृत हेमराज शर्मा,दाङ देउखुरी बाताबरण संरक्षण पत्रकार मंचका अध्यक्ष तथा सिधा-पत्र अनलाइन टिभीका निर्देश भानु जोशी लगायतकाले आफ्नो राय तथा सुझाव दिएका थिए ।कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य,शिक्षा, कृषि, बाटोघाटो,पुलपुलेसा,वन वातावरण,बिजुलि बत्ति, खानेपानी लगायत विभिन्न क्षेत्रलाई समेटेर राजपुरका नागरिकको हितका लागि योजना तर्जुमा बनाउन सुझाव दिएका थिए ।उक्त कार्यक्रममा उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,३ नम्बर वडा अध्यक्ष रामप्रसाद अहिर,४ नम्बर वडा अध्यक्ष रामेश्वर अहिर,वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर ६ का अध्यक्ष श्याम बहादुर रोका,वडा नम्बर ७ का अध्यक्ष पुष्कर वली लगायतले आफ्नो भनाइ रहेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरुले अहिलेसम्म आर्थिक संचालनका लागि अधिकार नदिएको हुँदा यसलाई पनि नीति तथा कार्यक्रममा समेतनुपर्ने माग राखेका थिए । त्यस्तै १० लाखदेखि माथिको योजनाहरु ठेक्कामा दिएपनि त्योभन्दा मुनिका योजनाहरु उपभोक्ता मार्फत काम गर्नुपर्ने माग राखेका थिए । यस्तै यस आर्थिक वर्षमा वडाको लागि बजेट सिलिङ बढाउनुपर्ने र वडा स्तरबाट विकासका काम कार्यलाई अघि बढाउने वडा अध्यक्षहरुले धारणा व्यक्त गरेका थिए ।

त्यस्तै पालिका भित्रका कर्मचारीहरुलाई विषयगतको आधारमा परिचालन गर्नुपर्ने र नीति तथा कार्यक्रमहरु बनाइ सकेपछि त्यसलाई कार्यनयन गर्न तिर लाग्नु पर्नेमा वडा अध्यक्षहरुले विशेष जोड दिएका थिए ।सो राय तथा सुझाव संकलन कार्यक्रमको समापन गर्दै अध्यक्ष बुढाथोकीले कार्यक्रममा प्राप्त भएका राय तथा सुझावलाई विशेष प्राथमिकता दिएर यस वर्षको नीति,योजना बजेट तथा तर्जुमा कार्यक्रमलाई प्रस्तुत गर्ने बताएका छन् ।उक्त कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख केशव लम्सालले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]