सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आषाढ ०४, २०८१

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका छन् ।

निरीक्षक सुबेदीका अनुसार पछिल्लो समय बाँके जिल्लामा लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । प्रमुख सुबेदीले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाई गर्ने बताए । मापसेलाई निरुत्साहित गर्न सरप्राइज चेकिङ शुरु गरेको र मापसे गरेर सवारी चलाउनेलाई १ घन्टा क्लास लिन सुरु गरेको र दुर्घटनामा धेरै कमि आएको सुबेदीले जानकारी दिए ।

त्यस्तै अटो रिक्सा, ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई-रिक्सा दर्ताको काम भइरहेको पनि प्रमुख सुवेदीले जानकारी दिए । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने सुबेदीले बताए । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाई गरिने उनले बताए ।

यस्तै उपलब्ध जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनीकरणको प्रयास गरिने उनको भनाई छ । आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महसुस गराउने गरी काम गर्ने प्रमुख सुबेदीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]