
Rgp
Rgp1
pku
Lnp
Ggp
Unsku
Srbpu
Pbu
Sgr

Vor
Ksm
Hal
Sls
Tsm
Rsb
Rgs
Gst
Rgu
Wsp
Asm
Rgu
Pvg
Ggd
Ssm
Bbbpu
Bbu
Sbs
nsb

Mks
Gsb
sab
Ptm
Abd
Syp
bbt
Jmb
Rmb
Bml
Rpp
Jmb
Pls
दाङ । गढवा गाउँपालिकालाई योगमय बनाउन स्थानीय सरकारले चाँसो दिएको छ । मानव स्वास्थ्यलाई समृद्ध बनाउने योग,ब्यायाम र प्रणायामलाई सबै वडाहरुमा विस्तार गर्न जरुरी भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।
योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण भएको नेपाल सरकारले समेत चाँसो दिन थालेको उहाँको भनाई छ । आईतवार गढवा उद्योग बाणिज्य संघमा गत बैशाख १४ देखि आरम्भ भएको ३६ दिने सहयोग शिक्षक तालिमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले मानव स्वास्थ्यकालागि हितकर योग पालिकाका सबै वडाहरुमा लैजाने कुरामा आफ्नो ध्यान आकृष्ट भएको बताएका छन् । नियमित योग, ध्यान र प्रणायामको माध्यमले मानव स्वास्थ्यलाई त फाईदा गर्द नै मष्तिस्कलाई समेत सकारात्मक बाटोमा मार्गनिर्देश गर्छ–उपाध्यक्ष चौधरीले भने ।
गढवा पतञ्जली योग समितिका अध्यक्ष राम नरेश यादवको अध्यक्षतामा भएको ३६ दिने सह–योग शिक्षक तालिम समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले मानव स्वास्थ्यको समृद्धि भएमात्र राष्ट्रको समृद्धि हुनसक्ने बताए । नियमित योग स्वास्थ्य समृद्धिको आधार भएकोले यो अभियानलाई सबै वडाहरु र टोलहरुमा बिस्तार गर्न आवश्यक रहेको आलेले बताए ।
कार्यक्रममा पतञ्जली योग समिति दाङका प्रभारी उदय डाँगीले योग प्रणायाम, आसन र शारीरिक ब्यायामका फाईदाका बारेमा सहभागि सबैलार्य जानकारी गराएका हुन् । सो अवसरमा महिला पतञ्जली योग समिति दाङका अध्यक्ष (प्रभारी) साहाना श्रेष्ठले नियमित योग गर्नाले मानव शरिरमा गलत खानपानका कारणले लागेका रोगहरु नियन्त्रण हुने र नयाँरोगहरु लाग्न नदिन रोग प्रतिरोधात्मक क्षमताको बिकाससंगै मानव स्वास्थ्यको समृद्धि हुने बताए । योगले मानव मष्तिस्कमा समेत सकारात्मक उर्जा प्रदान गर्ने र डिप्रेशनको समस्यालाई समेत निदान गर्ने गर्दछ–श्रेष्ठले भने ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल,पतञ्जली योग समिति लमही नगरका अध्यक्ष भेषराज भट्टराई, जिल्ला सदस्य शान्ता चौधरी, लगायतले बोलेका थिए । गत बैशाख १४ गतेदेखि आरम्भ भएको योग शिक्षक तालिम जेष्ठ २० मा समापन गरिएको हो । तालिममा गढवा गाउँपालिका वडा नम्बर ६, ७ र ५ का गरि कूल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि ४३ जनालाई दक्ष जनशक्तिको रुपमा तयार गरिएको महिला पतञ्जली योग समिति दाङका अध्यक्ष साहाना श्रेष्ठले बताए ।
गढवा पतञ्जली योग समितिका उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको समापन समारोहको संचालन सचिव शिबराज पन्थीले गरेका थिए । तालिम अवधिभर प्रशिक्षण दिने योगगुरु साहाना श्रेष्ठ र भेषराज भट्टराई, हल उपलब्ध गराउने उद्योग बाणिज्य संघ र बजेट बिनीयोजन गर्ने गढवा ६ का वडा अध्यक्षलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

