
Srbpu
pku
Sgr
Rgp
Unsku
Lnp
Rgp1
Ggp
Pbu

Vor
Bbbpu
Sls
Pvg
Wsp
Rgu
Bbu
Sbs
Tsm
nsb
Hal
Rsb
Rgs
Rgu
Gst
Ggd
Asm
Ssm
Ksm

Syp
Rpp
bbt
Pls
Rmb
sab
Gsb
Mks
Jmb
Ptm
Jmb
Abd
Bml
दाङ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शनिवार पालिकाभरका सुचिकृत मेलमिलाप कर्ताहरुलाई एक दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ ।
न्यायिक समितिले पालिकाका सबैजसो वडाहरुमा घुम्ति न्यायीक ईजलास तथा सचेतना अभियान कार्यक्रम संगै मेलामिलाप कर्ताहरुलाई पुर्नताजगी तालिम प्रदान गरेको न्यायीक समितिका उजूरी प्रशासक शुरेस पौडेलले जानकारी दिए ।
न्यायीक समितिका सदस्य रेखा थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एकदिने पुर्नताजगी कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शर्माले वडा तहमै मेलमिलापकर्ताहरु मार्फत विवाद निरुपण गर्न र न्यायिक समितिमा विवादहरुको चाँप घटाउन मेलमिलापकर्ताहरुको ठूलो भूमीका रहने बताए । वडा तहमा सामुदायिक मेलमिलापकर्ताहरुबाट विवाद निरुपण गर्ने अभियान अगाडी बढाउन आवश्यक रहेको उनले बताए । यसो गर्दा न्यायिक समितिलाई समेत कार्यसम्पादनमा सहज हुने र मेलमिलापकर्ताहरुको क्षमतामा समेत बिकास हुनेछ ।
त्यस्तै कार्यक्रममा उच्च अदालत तुलसीपुरका अधिकृत राजेन्द्र कुमार शर्मा र गढवा गाउँपालिकाका कानूनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता लुमबहादुर कार्कीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा न्यायिक समितिले निरुपण गर्ने विवादहरुको क्षेत्राधिकार,विवाद निरुपणमा मेलमिलापकर्ताहरुको भूमीका,मुलुकी देवानी संहिता र मूलूकी अपराध संहिताका बारेमा पनि पुर्नताजगी गरिएको थियो । कार्यक्रमको सहजिकरण न्यायीक समितिका उजूरी प्रशासक शुरेस पौडेलले गरेका थिए ।
