
Sgr
Lnp
Unsku
Rgp1
Srbpu
Rgp
pku
Ggp
Pbu

Ssm
Rgu
Pvg
Sbs
Rgs
Ggd
Gst
Ksm
Wsp
Rgu
nsb
Asm
Sls
Hal
Rsb
Tsm
Vor
Bbu
Bbbpu

Jmb
sab
Rpp
Ptm
Bml
Gsb
Mks
Jmb
bbt
Rmb
Abd
Pls
Syp
सिन्धुपाल्चोक । जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
