
Pbu
Sgr
Rgp1
Rgp
Srbpu
Ggp
pku
Unsku
Lnp

Bbu
Wsp
Tsm
Rgs
Rgu
Bbbpu
Vor
Rgu
Ksm
Pvg
Asm
Ssm
Ggd
nsb
Sls
Sbs
Hal
Gst
Rsb

Pls
Mks
Rpp
Gsb
Ptm
Jmb
Abd
sab
Rmb
Syp
Bml
Jmb
bbt
दाङ । गढवा गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको प्रतिनिधीमण्डलले शुक्रवार गढवा गाउँपालिका समक्ष बिभिन्न मागहरु राखि स्थानीय सरकारको ध्ययानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष कृष्णराज पाण्डे सहितको एक टोलिले पालिका स्तरमा रहेका बिभिन्न वडाका खानेपानी संस्थाहरुका लागि बिभिन्न कार्यक्रमहरुको माग गर्दै ध्यानकर्षण गराईएको महासंघले जनाएको छ ।
जस अनुसार स्थानीय सरकारमना खानेपानी उपभोक्ता शाखा स्थापना गरिनुपर्ने,खानेपानीको बर्षेनी गुणस्तर परिक्षणको ब्यवस्था गरिनुपर्ने, पालिकाका सबै वडाहरुमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई स्थानीय सरकारमा सुचिकरण गरिनुपर्ने,पालिकाले अन्य गैह्र सरकारी संघसंस्थाहरुसंग गरिने कृयाकलापमा महासंघलाई समावेश गर्नुपर्ने,खानेपानी तथा उपभोक्ता समितिका पलम्बर तथा लेखापालहरुलाई पलम्बिङ तथा लेखा तालिमको ब्यवस्था गर्नुपर्ने,सबै आयोजनाहरुमा खानेपानीको फिल्टरको ब्यवस्थापनमा समन्वयकारी भूमीका खेल्नुपर्ने,बिकास योजनाहरु निर्माण गर्दा खानेपानीको पाईपलाईनमा क्षति न्यूनीकरणमा सहयोग गर्नुपर्ने तथा खानेपानीको बिद्युत्त महसुल घटाउन सम्बन्धित निकाय नेपाल बिद्युत् प्राधिकरणसंग समन्वय गर्नुपर्ने लगायतका मागहरु पेश गरि स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष कृष्णराज पाण्डेयले जानकारी दिए ।
त्यस्तै प्रत्येक आयोजनाहरुमा मोटर तथा डिप बोरीङको ब्यवस्थापन गर्न,खानेपानी स्रोतको दिगो संरक्षण तथा जलाशयहरु निर्माण गर्न, खानेपानी परिक्षणकालागि स्थानीय सरकारमै प्रयोगशाला स्थापना गर्न, करछुटका लागि सरोकारवाला निकायहरुसंग समन्वयकारी भूमीका खेल्न तथा आयोजना संचाला भएका सबै वडाहरुमा सुद्ध खानेपानीको महत्व झल्किने चेतनामूलक कार्यक्रमहरु र सरसफाईका कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट ब्यवस्थापन गर्ने लगायतका मागहरु राखि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।
गढवा गाउँपालिकाले खानेपानी तथा सरसफाई कार्यक्रमकालागि गाउँसभाको निति कार्यक्रममै वास योजना बनाएर आगामी बर्षमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने सोंच राखेको मागपत्र बुझदै गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । खानेपानीको आपूर्तिमा समस्या आईपर्ने आयोजनाहरुमा आपतकालिन समस्या समाधानका लागि योजनाहरु बनाउने, खानेपानीको गुणस्तर परिक्षणमा पहल गर्ने,पलम्बर तालिम तथा सरिसफाईका बिभिन्न कार्यक्रम संचालनका लागि योजनाहरु बनाएर अघि बढ्ने प्रतिवद्धता अध्यक्ष शर्माले ब्यक्त गरेका छन् ।

