
Rgp1
Sgr
Ggp
Rgp
pku
Pbu
Lnp
Srbpu
Unsku

Ssm
nsb
Tsm
Sls
Vor
Ggd
Rgu
Bbu
Sbs
Ksm
Hal
Gst
Asm
Pvg
Wsp
Rsb
Bbbpu
Rgs
Rgu

Rmb
bbt
Gsb
sab
Jmb
Abd
Mks
Rpp
Ptm
Bml
Jmb
Pls
Syp
बारा । बाराबाट प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको हो ।
त्यस्तै नक्कली नोटसहित पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका वडा नम्बर ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका वडा नम्बर १ निवासी मोहन कुमार साह रहेका छन् । यी तीनै जना नेपालीहरूको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।
यसैगरी तीनै जना नेपालीसँगै साइकलमा नेपाली नक्कली नोट लिएर आएका भारत विहार मातिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । चारैजनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकल समेत बरामद गरेको छ । अहिले चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
