Sidha Patra सोमबार, जेठ १४, २०८१

दाङ । देउखुरीको गढवामा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् ।

सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

त्यस्तै पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने महमद अजाद खाँका छोरा अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही ठाउँ बस्ने मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेका छन् । उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर,१ लाख ३९ हजार ५ सय रुपैँया नगद,५ थान मोबाइल (स्क्रीन टच ४ थान र एक थान सादा) र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]