
Lnp
Rgp1
Unsku
Srbpu
Pbu
Rgp
Sgr
pku
Ggp

Bbu
Sbs
Wsp
nsb
Vor
Sls
Hal
Ggd
Pvg
Asm
Ssm
Tsm
Gst
Rgu
Ksm
Rgu
Rsb
Rgs
Bbbpu

Pls
Bml
Jmb
Jmb
Ptm
Abd
sab
Mks
Rmb
Rpp
Syp
bbt
Gsb
दाङ । राप्ती प्रेस मञ्च भालुबाङको आयोजना र राप्ती गाउँपालिका कार्यालय मसुरियाको सहयोगमा महान सांस्कृतिक सहित कृष्णशेन इच्छुकको २२ औं स्मृति दिवस कार्यक्रम विच आज मसुरियामा सम्पन्न भएको छ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता , राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वरिष्ट साहित्यकार एवम् राजनीतिज्ञा अहमद अवदुल रौफको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
राप्ती गाउँपालिकाका विभिन्न आधारभूत, माध्यमिक र क्याम्पसका विद्यार्थीहरुका विच कृष्णसेन इच्छुकको जीवनीमा आधारित निवन्ध, वक्तित्वकलामा प्रतियोगिता सम्पन्न भएको थियो भने वरिष्ट साहित्यकार कवि तथा राजनेताहरु विच सहिद कृष्णसेन इच्छुकले व्यवस्था परिवर्तनको लागि खेलेका योगदान बारे चर्चा गर्दै अन्तर्क्रिया सम्पन्न भएको थियो ।
राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ताको सञ्चालन,वरिष्ट उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई प्रमुखातिथि विष्ट, विशिष्ट अहमद अब्दुल रौफ, कृष्णसेन इच्छुकका बाल शाखा तथा साहित्यकार दामोदर भण्डारी, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतले शेनको जीवनी कृत्वा र व्यक्तित्वबारे प्रकाश पारेका थिए । सो कार्यक्रम हुनु पूर्व सहिद कृष्णसेन इच्छुकको पुल्चोक स्थिति सालिकमा प्रमुख अतिथि विष्ट र विशिष्ट अतिथि रौफले फूलमाला र अविरले सम्मान गरेका थिए ।
निवन्ध र वक्तित्वाकला प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगी छात्रछात्राहरुलाई विशिष्ट अतिथि अहमद अब्दुल रौफले नगद सहिद सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै निर्णायक मण्डलका संयोजक एरवती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख भिमकान्त ज्ञवालीले नतिजा सुनाएका थिए ।

