
Rgp1
pku
Rgp
Srbpu
Unsku
Lnp
Ggp
Pbu
Sgr

Sbs
Ggd
Pvg
Rsb
Tsm
Rgu
Bbbpu
Hal
Bbu
Ksm
Gst
Asm
Ssm
Wsp
nsb
Vor
Rgs
Sls
Rgu

bbt
Bml
Jmb
Abd
Rpp
Mks
Gsb
sab
Pls
Ptm
Jmb
Syp
Rmb
बर्दिया । बर्दियाको एक सामुदायिक वन भित्रमा बाघको आक्रमणबाट बिहीबार १ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
त्यस्तै मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् ।
उनकी दिदी कैलाशपति भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
