श्रवण कुमार यादव बिहिबार, जेठ १०, २०८१

दाङ । यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङमा नयाँ नेतृत्व चयन गर्न आज बिहीबार मतदान हुँदैछ।

यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनको लागि गढवा र राजपुर गाउँपालिका गरी ५ वटा मातदान केन्द्रमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक श्री त्रिजोगी नारायण यादवले जानकारी दिए । उनको अनुसार मतदान केन्द्र(बुथ) नं. १ मा २९५ जना, मतदान केन्द्र(बुथ) नं. २ मा ४६६ जना, मतदान केन्द्र(बुथ) नं. ३ मा ५४३, मतदान केन्द्र(बुथ) नं. ४ मा ११४७ र मतदान केन्द्र(बुथ) नं. ५ मा १०६४ जना गरी संघमा जम्मा कूल तीन हजार छ सय ८१ जना मतदाता सदस्यहरु रहेको बताए । उनले मतदान स्थलमा मतदाताहरुले अनिवार्य रूपमा आफ्नो कुनै पनि परिचय खुल्ने परिचय-पत्र लिएर जनुपर्ने बताएका छन् ।

अध्यक्ष पदका लागि हिरालाल यादव, नरेन्द्र यादव, रामप्रताप यादव र रामदास यादव गरी चार जनाले निर्वाचनमा होम्मीएका छन् । त्यसैगरी उपाध्यक्ष पदका लागि छेदी यादव र पञ्चराम यादव, महासचिव पदका लागि मिन्तीराम यादव र रामबरण यादव तथा सचिव पदका लागि एकराज यादव र अनिलकुमार यादवको उम्मेदवारी रहेको निर्वाचन समितिका संयोजक त्रिजोगी नारायण यादवले जानकारी दिए ।

त्यस्तै ६ जना सदस्य पदका लागि सात जनाको उम्मेदवारी परेपछि सदस्य पदमा समेत निर्वाचन भइरहेको बताइएको छ। बिहान ८ बजे देखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]