
Pbu
Ggp
Unsku
Srbpu
Rgp1
Rgp
Lnp
Sgr
pku

Wsp
Rsb
Rgu
Bbu
Vor
Ggd
Ksm
Rgu
Pvg
Bbbpu
Sbs
Hal
Rgs
nsb
Ssm
Gst
Sls
Asm
Tsm

sab
Mks
bbt
Pls
Jmb
Rpp
Rmb
Jmb
Abd
Syp
Gsb
Ptm
Bml
दाङ । यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङमा नयाँ नेतृत्व चयन गर्न आज बिहीबार मतदान हुँदैछ।
यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनको लागि गढवा र राजपुर गाउँपालिका गरी ५ वटा मातदान केन्द्रमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक श्री त्रिजोगी नारायण यादवले जानकारी दिए । उनको अनुसार मतदान केन्द्र(बुथ) नं. १ मा २९५ जना, मतदान केन्द्र(बुथ) नं. २ मा ४६६ जना, मतदान केन्द्र(बुथ) नं. ३ मा ५४३, मतदान केन्द्र(बुथ) नं. ४ मा ११४७ र मतदान केन्द्र(बुथ) नं. ५ मा १०६४ जना गरी संघमा जम्मा कूल तीन हजार छ सय ८१ जना मतदाता सदस्यहरु रहेको बताए । उनले मतदान स्थलमा मतदाताहरुले अनिवार्य रूपमा आफ्नो कुनै पनि परिचय खुल्ने परिचय-पत्र लिएर जनुपर्ने बताएका छन् ।
अध्यक्ष पदका लागि हिरालाल यादव, नरेन्द्र यादव, रामप्रताप यादव र रामदास यादव गरी चार जनाले निर्वाचनमा होम्मीएका छन् । त्यसैगरी उपाध्यक्ष पदका लागि छेदी यादव र पञ्चराम यादव, महासचिव पदका लागि मिन्तीराम यादव र रामबरण यादव तथा सचिव पदका लागि एकराज यादव र अनिलकुमार यादवको उम्मेदवारी रहेको निर्वाचन समितिका संयोजक त्रिजोगी नारायण यादवले जानकारी दिए ।
त्यस्तै ६ जना सदस्य पदका लागि सात जनाको उम्मेदवारी परेपछि सदस्य पदमा समेत निर्वाचन भइरहेको बताइएको छ। बिहान ८ बजे देखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ।
