शिवराज खनाल बुधबार, जेठ ०९, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई भवनको सिलन्यास गरिएको छ ।

राजपुर गाउपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले सोमबार ४ कोठे पक्की भवनको बिधिवत सिलन्यास गरेका हुन । छाया नेपालको टोटल लागतको ८०% र गाउँपालिकाको २०% लगानीमा भवन निर्माण हुन थालेको हो ।

सामुदायिक स्वास्थ्य इकाई डगमारा नाकामा प्रयाप्त कोठा नहुँदा र कच्ची भवनबाट सेवा दिनु पर्दा सेवा प्रबाहमा निकै समस्या रहदै आएको थियो ।  अब भने सुबिधा सम्पन्न ४ कोठे भवन बन्न थालेपछि सेवा प्रवाह प्रभावकारी रहने बिश्वास गरिएको छ ।

त्यस्तै बर्थिङ सेन्टर सहितको सेवा दिने उदेश्यका साथ सँरचनाको काम अगाडि बढाईएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाइ छ । “भवनको निर्माण भए लगत्तै बर्थिङ सेन्टर र थप जनशक्ती सहित सेवाको स्तरबृद्दी गरिने छ”- अध्यक्ष बुढाथोकीले भने ।

राजपुर गाउपालिका ७ डगमाराका स्वास्थ्य इकाईका प्रमुख स्वहनलाल यादबले जिर्ण भवनबाट सेवा दिदा निकै समस्या हुने गरेको बताउछन ।” भवन कच्ची थियो औसधि बचाउनै गाह्रो हुन्थ्यो त्यति मात्रै हैन उपचार गर्नै समस्या थियो “- यादबले भने ।

गाउँपालिका ७ का डगमारा, छेग्रीया, सुनपत्री , गनधेला, गम्भिरा, भौवा लगायतका गाउँले उक्त जिर्ण भवन बाट स्वास्थ्य सेवा लिदै आएका थिए ।  राजपुर ७ छेग्रीया नाकाका डम्मर खडकाले आफ्नै गाउँठाउमा सुबिधा सम्पन्न भवन निर्माण हुन थालेको भन्दै खुशी ब्यक्त गरे । उनी मात्रै होइन स्वास्थ्य इकाईको भवन बन्न थालेपछी स्थानीयमा खुसी छाएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रका निम्ति बन्दै गरेको भवनले स्थानियमा आशा जगाएको छ ।

भवन निर्माणका लागी समन्वय गरिदिएको भन्दै राजपुर गाउपालिकाले नेपाल तरुण दलका केन्द्रिय सदस्य पवन यादबलाई धन्यवाद समेत ब्यक्त गरेको छ । सिलन्यास कार्यक्रममा छायां नेपालका प्रतिनिधि , स्वास्थ्य इकाईका प्रमुख स्वहन लाल यादब ,तरुन दल जिल्ला सदस्य अर्जुन कुमार बस्नेत, लगायत स्थानीयहरुको उपस्थित रहेको थियो । भवन ४५,६७,६८३.१७ रुपैयामा सम्पन्न गर्न लागिएको हो । १० महिना भित्रमा काम सम्पन्न गर्ने गरि काम अगाडी बढाइएको राजपुर गाउपालिकाको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]