
Ggp
Rgp
Lnp
Srbpu
Sgr
Pbu
Rgp1
pku
Unsku

Asm
Rsb
Rgu
Hal
Pvg
Ggd
Bbbpu
Sls
Ksm
nsb
Tsm
Wsp
Ssm
Rgs
Gst
Vor
Bbu
Sbs
Rgu

Jmb
sab
Pls
Rpp
bbt
Bml
Syp
Rmb
Gsb
Mks
Jmb
Ptm
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई भवनको सिलन्यास गरिएको छ ।
राजपुर गाउपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले सोमबार ४ कोठे पक्की भवनको बिधिवत सिलन्यास गरेका हुन । छाया नेपालको टोटल लागतको ८०% र गाउँपालिकाको २०% लगानीमा भवन निर्माण हुन थालेको हो ।
सामुदायिक स्वास्थ्य इकाई डगमारा नाकामा प्रयाप्त कोठा नहुँदा र कच्ची भवनबाट सेवा दिनु पर्दा सेवा प्रबाहमा निकै समस्या रहदै आएको थियो । अब भने सुबिधा सम्पन्न ४ कोठे भवन बन्न थालेपछि सेवा प्रवाह प्रभावकारी रहने बिश्वास गरिएको छ ।
त्यस्तै बर्थिङ सेन्टर सहितको सेवा दिने उदेश्यका साथ सँरचनाको काम अगाडि बढाईएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाइ छ । “भवनको निर्माण भए लगत्तै बर्थिङ सेन्टर र थप जनशक्ती सहित सेवाको स्तरबृद्दी गरिने छ”- अध्यक्ष बुढाथोकीले भने ।
राजपुर गाउपालिका ७ डगमाराका स्वास्थ्य इकाईका प्रमुख स्वहनलाल यादबले जिर्ण भवनबाट सेवा दिदा निकै समस्या हुने गरेको बताउछन ।” भवन कच्ची थियो औसधि बचाउनै गाह्रो हुन्थ्यो त्यति मात्रै हैन उपचार गर्नै समस्या थियो “- यादबले भने ।
गाउँपालिका ७ का डगमारा, छेग्रीया, सुनपत्री , गनधेला, गम्भिरा, भौवा लगायतका गाउँले उक्त जिर्ण भवन बाट स्वास्थ्य सेवा लिदै आएका थिए । राजपुर ७ छेग्रीया नाकाका डम्मर खडकाले आफ्नै गाउँठाउमा सुबिधा सम्पन्न भवन निर्माण हुन थालेको भन्दै खुशी ब्यक्त गरे । उनी मात्रै होइन स्वास्थ्य इकाईको भवन बन्न थालेपछी स्थानीयमा खुसी छाएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रका निम्ति बन्दै गरेको भवनले स्थानियमा आशा जगाएको छ ।
भवन निर्माणका लागी समन्वय गरिदिएको भन्दै राजपुर गाउपालिकाले नेपाल तरुण दलका केन्द्रिय सदस्य पवन यादबलाई धन्यवाद समेत ब्यक्त गरेको छ । सिलन्यास कार्यक्रममा छायां नेपालका प्रतिनिधि , स्वास्थ्य इकाईका प्रमुख स्वहन लाल यादब ,तरुन दल जिल्ला सदस्य अर्जुन कुमार बस्नेत, लगायत स्थानीयहरुको उपस्थित रहेको थियो । भवन ४५,६७,६८३.१७ रुपैयामा सम्पन्न गर्न लागिएको हो । १० महिना भित्रमा काम सम्पन्न गर्ने गरि काम अगाडी बढाइएको राजपुर गाउपालिकाको भनाइ छ ।
