सागर रोका क्षेत्री बुधबार, जेठ ०९, २०८१

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित भैसाही नाकामा रहेको सशस्त्र प्रहरी बलको सरकारी तीन तले भवन बने लगत्तै नाका क्षेत्रमा रहेका नाका बासीहरु धेरै खुशी भएका छन । नाका क्षेत्रभरीमा सबै भन्दा ठुलो र राम्रो भवन बनेको हो ।

नाका क्षेत्रमा पुर्व कोइरालावासदेखि पश्चिम् भौवा नाकासम्म जम्मा १३ वटा सशस्त्र प्रहरी बलको भवन रहेको राजपुर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष श्याम रोकाले बताए । जसमा १३ वटा भवन मध्य सबै भन्दा ठुलो र फराकिलो राम्रो भवन भैसाही नाकामा बनेको छ ।

नाकामा भनेको जस्तो भवन नहुदा ईन्डियाको एसएसबी प्रहरीले समेत खिल्ली गर्ने र नेपालको सशस्त्र प्रहरी भवन छैन भन्दै मजा गर्दै आएको सोही गाउँका स्थानीय पुर्ण रोकाले बताए ।

सशस्त्र प्रहरी बलले सिमानामा रहेको हरेक जंगे पिलरको रेकडेक गर्ने मात्रै नभएर नेपाल भारतबाट हुने गतिविधिलाई समेत कायम गर्दै आइरहेको छ ।
यति मात्रै नभएर भारतबाट आउने हरेक भारतीय नागरिकलाई चेकजाँच र इन्त्री गरेर मात्रै नेपाल प्रवेश गराउने गरेको छ ।

भैसाही नाका लगायत सबै नाका क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल भएपछि नाकामा हुने चोरी र लुटपाट ठगी हुनबाट मात्रै नभएर भारतबाट आएका भारतीय नागरिकहरुले सिमानामा बसोबास गर्ने नेपाली बासीलाई गर्ने दुव्र्यवहार जस्ता कार्यहरू परिवर्तन भएको स्थानीय बासिन्दा मोहन खड्काले बताए ।

त्यसैगरी नाकामा कुनै पनि समस्या परेमा रात विराटमा गाउँ घरमा कोहि ब्याक्ती दुख बिरामी भएमा नेपालसंग जोडिएको भारतको नजिकै रहेको बजार सिरसिरिया हस्पिटलमा पुराउदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।

राजपुर गाउँपालिकाबाट नाका क्षेत्रमा आउने मोटर बाटो ६ महिना चल्ने र ६ महिना बन्द हुने बाटो नियमित संचालन भए अझ नाका बासीलाई मात्रै नभएर टाढा-टाढाबाट आउने हरेक मानिसहरुलाई आवतजावत गर्नको लागी सहज हुने स्थानीय बासिले भने । २०४० सालमा बसोबास भएको नाका क्षेत्रका मानिसहरूले पहिलेको भन्दा धेरै परिवर्तन भएतापनि अझै हरेक सेवा सुबिधाबाट बन्चित भएको सिमगजमरी टोलका स्थानीय बेद प्रसाद केसीले बताए ।

नाका क्षेत्रको सिमानाको हरेक टोल र गाउँ बस्तीमा अझैसम्म पनि भनेको जस्तो सेवा र सुबिधा भने हुन सकेको छैनन । प्राय जसो नाका क्षेत्रमा खर र काटले बनेको घर हुने भएकाले धेरै जसो गर्मी मौसममा भारतको जङ्गलबाट आउने ढडेलाेले गर्दा नाकामा धेरै जसो आगलागीबाट नोक्सानी खेप्नुपरेको स्थानीयहरुको गुनासो छ ।

पुर्व कोइलावासदेखि पश्चिम् भौवा नाकासम्म रहेको १३ वटा सशस्त्र प्रहरी बल क्याम्प मध्य १० वटा स्थायी र ३ वटा भने अस्थायी रहेको राजपुर गाउँपालिका वडा नम्बर-७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]