
Rgp
Srbpu
Pbu
Ggp
Rgp1
pku
Sgr
Lnp
Unsku

Tsm
Sbs
Bbbpu
Wsp
Ksm
Rgs
Vor
Ssm
nsb
Bbu
Rgu
Pvg
Rgu
Sls
Hal
Ggd
Asm
Gst
Rsb

bbt
Jmb
Mks
sab
Ptm
Rpp
Bml
Jmb
Abd
Rmb
Syp
Pls
Gsb
दाङ । देउखुरीको नर्तीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु २ जना घाइते भएका छन् ।
बुधबार आज दिउँसो १:४० बजेको समयमा लमही नगरपालिका वडा नम्बर १ नर्तीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सरकारी नं .प्लेटको लुम्बिनी ए.ए.ए ८७०० नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ आँउदै गरेको रा ३ प ८२४५ नं.को मोटरसाइकल एक आपसमा ठोक्किदा रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ६ ताप्ला बजार बस्ने ५४ वर्षिय बिरबहादुर खड्काको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
त्यस्तै सोही ठाउँ निवासी ५७ वर्षिय कमानसिंह खत्री घाइते भएका छन् । उनको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको छ । रुपन्देही जिल्ला गैडहवा गाउँपालिका- ७ छत्रपुरुवा बस्ने ३१ वर्षिय अजय मिश्रा घाइते भएका छन् । उनको बाँया कुम र कम्मरमा भित्री चोट लागेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।
