
Pbu
Unsku
Lnp
Ggp
Rgp
Srbpu
sbs
cjs
Sgr
Gfs
Pes
Djs
pku
Rgp1

Ggd
Sls
Bbbpu
Ssm
Vor
Tsm
Wsp
Rgs
Bbu
Rgu
Rgu
Gst
Pvg
Sbs
Ksm
Rsb
Hal
Asm
nsb

Syp
Bml
Abd
Jmb
Jmb
Rpp
Ptm
Gsb
Pls
Rmb
sab
Mks
bbt
कोरोना भाइरसबाट अहिले संसारभर लाखौ मानिस संक्रमित भएका छन् । हजारौंको मृत्यु भइसकेको छ । यो भाइरस विरालो, चमेरो, उटमा समेत प्रवेश गरेको बताइदै आएको छ । चिनको हुवेइ प्रान्तको वुहान शहरबाट यो भाइरस फैलिएको बताइन्छ । वुहान शहरको सामुन्द्रिक खानाबाट यो भाइरस फैलिने क्रम शुरुवात भएको आंशका गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना जनाबरबाट मानिसमा फैलिएको फैलिन्छ । यो भाइरस यस अघि कहिल्यै देखिएको थिएन । यसकारण यसको बारेमा धेरै जानकारी अहिलेसम्म उपलव्ध छैन । महाशक्ति राष्ट्रको दौडमा अगाडि बढेको चिनले यो भाइरसलाई नियन्त्रणमा लिए पनि अन्य राष्ट्रहरुलाई यो भाइरसले त्राही त्राही पारिरहेको छ ।
नेपालमा यो भाइरस अहिलेसम्म चिनबाट आएका एक जना व्यक्तिमा देखिए पनि उनको उपचार भैसकेको छ र उनी निको भैसके । गत सोमवार फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको छ । उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस पोजिटिभ देखिएको बताइएको छ । विदेशमा रहेकी ती युवती बाहेक संक्रमित नरहेको नेपालमा यो भाइरसले किन यति धेरै जोखिम बढाएको छ ? भन्ने प्रश्नको जवाफ खोज्न जरुरी छ ।
यो रोग नेपालमा भित्रियो भने यो रोगलाई नियन्त्रण गर्ने हाम्रो क्षमता कमजोर छ । विकसित युरोपेली देश तथा अमेरिका समेत यो भाइरसबाट आत्तिएबाटै हामीले अनुमान गर्न सक्छौ कोरोना नेपाल भित्रिएपछि हाम्रो अवस्था के हुने हो ।
हाम्रो क्षमताको बारेमा यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ । अहिलेसम्म यो भाइरस हाम्रो शरीरमा लागे नलागेको जाँच्ने एउटा मात्र प्रयोगशाला काठमाण्डौमा रहेको छ । त्यो प्रयोगशालामा नमुना पठाएको करिव २४ घण्टापछि मात्र त्यसको रिपोर्ट आउने अवस्था छ । एउटा संक्रमित पहिचान गर्न त यो अवस्था छ भने संक्रमण भइसकेपछि आइसोलेसन गरेर व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेर उपचार गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रयाप्त सामाग्री पनि हामीसँग तयारी अवस्थामा छैन । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षित भएर मात्र यो भाइरसबाट हुने संक्रमितको उपचार गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म त्यसको भरपर्दो जोहो भएको देखिदैन ।चिकित्सकको व्यक्तिगत सुरक्षा उपकरण उपलव्ध नभए चिकित्सकलाई पनि विरामीको उपचार गर्न त्यति सहज छैन । अहिले पनि कोरोना संक्रमणको आशंकामा अस्पताल गएका विरामीहरुबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत तर्सित हुने गरेको भन्न समाचारहरु समेत प्रकाशमा आइरहेका छन् ।
प्यूठान जस्तो दुर्गम जिल्लाहरुमा विशेषज्ञ डाक्टर पाउनु मुस्किलको कुरा हो । सामान्य अवस्थामा समेत विरामीको लोड धान्न हम्मे हम्मे परेका चिकित्सकहरुले कसरी सम्भावित विपत्तिको सामना गरेर कसरी उपचार गर्न सक्छन् ? अरु रोगहरुको उपचार गर्नु जति सहज छैन कोरोना भाइरसको उपचार गर्न । किनभने यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर निक्कै तिव्र छ । हावाको माध्यमबाट समेत यो भाइरस सर्ने भएकोले भिडभाडमा नजान सरकार तथा चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।
प्यूठान जिल्लामा समेत यही आइतवारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा, सरकारी कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय बन्द गरिएको छ । नेपाल सरकारको निर्देशन तथा जिल्ला विपद व्यवस्थापन समितिको निर्णयबाट यस्तो निर्णय गरिएको थियो । तर यस्ता बन्दहरुमा नागरिकहरुले त्यति बढि चासो दिएको पाइदैन । समस्या नपर्दै हामीले सतर्कता नअपनाउने हाम्रो पहिलेदेखिकै वानी हो । यस अघि २०७२ मा गएको भूकम्पको बेला हामी जसरी सचेत र सजग भएका थियौं । अहिले अझै त्यो अवस्था देख्न सकिएको छैन । भूकम्प भन्दा पनि कडा खालको विपत्ति हाम्रो सामुन्ने आइरहेको छ । हामीले त्यसको मुकावला गर्नका लागि गरेका यी तयारीहरु हुन् । जुन नेपाल सरकारले घोषणा गरिसकेको छ । अहिले सरकारले खुल्ला रहेको भारतीय सीमा नाका समेत बन्द गरेको छ । त्यस्तै चिनतर्फको नाका पनि बन्द गरिएको छ । हाम्रो एकमात्र विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि विदेशबाट यात्रु आउन नपाउने गरी वन्द गरिएको छ ।
सडक यातायातलाई पनि नियन्त्रीत बनाइएको छ । लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भिडभाड तथा भेला हुन समेत रोक लगाइएको छ । यसले नागरिकलाई केही समस्या परेको होला । यस्तो अवस्था सिर्जना गर्नु सरकारको रहर होइन बाध्यता हो । अन्य विपद्मा जस्तो यो कोरोना भाइरसबाट बच्नको लागि पनि पूर्व तयारी महत्वपूर्ण हुन्छ । त्यो पूर्व तयारी सरकार एक्लैले गरेर मात्र पर्याप्त होइन त्यसमा सबै क्षेत्रको सहयोग अपरिहार्य हुन्छ । विपद्को जोखिम कम गर्न सबैभन्दा जोखिममा रहेका नागरिकहरु सचेत हुनु नै महत्वपूर्ण मानिन्छ ।
प्यूठानबाट विशेष गरी भारतमा रोजगारीको लागि जानेको संख्या अत्यधिक छ । बिशेष गरी घरेलु कामदार देखि कृषि, मजदुर, लगायत अनौपचारिक क्षेत्रमा प्रशस्त मात्रामा प्यूठानीहरु भारतमा काम गर्ने गर्दछन् । भारतमा कोरोना भाइरसको त्रास बढेपछि ती क्षेत्रबाट अन्य जिल्ला जस्तै प्यूठानमा पनि घर फर्कनेको संख्या बढिरहेको छ । गत आइतवार सम्म पनि जिल्ला भित्रिने नाकामा ज्वरो परीक्षण गर्ने तथा सामान्य परामर्शको हेल्प डेस्क समेत सञ्चालन नहुँदा भारतबाट नेपाल फर्कनेहरुको परिवार कोरोना भाइरसको उच्च जोखिममा रहेका छन् ।
प्यूठान जिल्लाको कोरोना भाइरसको पूर्व तयारी केही ढिलो भएपनि सोमवारदेखि दरभानमा जिल्लाका स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा ज्वरो जाच गर्ने तथा हेल्प डेस्क स्थापना गरिएको छ । स्थानीय तहहरुले हरेक वडामा भारत तथा विदेशबाट नेपाल भित्रिनेको लगत राख्ने काम थालेका छन् । यो काम सँगै नेपाल सरकारले विदेशबाट फर्कनलेलाई कम्तीमा १४ दिन सेल्फ क्वारेण्टाइनमा बस्न आग्रह गरेको छ । तर त्यो आग्रहको कार्यान्वयन भएको पाइदैन । हामी विरामी परेर ओछ्यानमा थला नपर्दासम्म विरामी हुने अनुभूति पनि गर्दैनौं । लामो समय विदेश पुगेर आएकाहरु अहिले निर्वाध गाउँमा आफन्तजनसँग भेटघाट गर्न व्यस्त भएको समाचारहरु प्रकाशमा आइरहेका छन् । यस्ता भेटघाटमा हाम्रो संस्कार अनुसार ढोगभेट समेत गर्ने चलन छ । यस्ता चलन समेत मेटिएका छैनन् । जसले गर्दा हाम्रा गाउँघरमा कोरोनाको जोखिम अझ बढेको छ ।
यस्ता जोखिमलाई कम गर्न स्थानीय तहहरुले अलि बढि चनाखो भएर विशेष कार्यक्रम अगाडि बढाउन आवश्यक छ । जिल्ला प्रवेशको नाकामा हेल्प डेस्क राखेपछि त त्यहाँबाट भएको परामर्शले पनि केही काम गर्न सक्छ । तर त्यो हेल्पडेस्क राख्न भन्दा पहिले नै आइसकेकाको लागि सेल्प क्वारेन्टाइनमा राख्न सचेतना अभियान अगाडि बढाउन आवश्यक छ । सबभन्दा नजिकको सरकार भएको कारण पनि यस किसिमको विपत्तिको सामना गर्न स्थानीय तहहरु यसको फैलावटलाई रोक्न अग्रसर हुनुपर्दछ । यसको संक्रमण नहुँदै हो हामीले यसको विरुद्ध काम गर्ने भनेको । यदि संक्रमण भइहाल्यो भने हाम्रो अवस्था कावु बाहिरको हुनसक्छ । अहिले अपनाएको थोरै सावधानील मात्र पनि भविष्यमा कोरोनाको त्रासदीबाट मुक्त हुने बाटो हामीलाई मिल्छ ।
अहिले बडो संयमित हुने अवस्था हो । सामाजिक सञ्जालबाट प्राप्त हुने यो भाइरस सम्वन्धी फैलाइएका अफवाहले पनि यो भाइरसको आतंक सिर्जना गरेको छ । आधिकारीक निकायबाट पुष्टि नभएका गलत तथ्यांक दिएर समाजमा विभिन्न अफवाह फैलाउनेहरु पनि छन् । यस्ता माध्यमबाट आएका सूचनाहरुलाई हामीले विश्वास गर्नुहुँदैन ।
कोरोना भाइरसको फैलावट नरोकीदा सम्म हामी सुरक्षितसाथ घरमै बस्नुपर्छ । संक्रमित ठाउँबाट आएका व्यक्ति र उनीहरूसँग सम्पर्कमा आएकालाई कम्तिमा १४ दिन अलग्गै बस्न दिनुपर्छ । यसका लागि समाजका अगुवा, स्थानीय जनप्रतिनिधि अनिवार्य रुपमा अगाडी सर्नुपर्छ । कहिं कसैमा कोभिड–१९ को शंका लागेमा वा लक्षण देखिएमा तुरुन्तै स्थानीय प्रशासनलाई खबर गरी सुरक्षितसाथ क्वारेन्टाइनमा बस्न लगाई हाल्नुपर्छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिको औषधिउपचार तथा खानपिनमा विशेष ध्यान दिनुपर्छ । गाउँघरमा क्वारेन्टाइन बस्नको लागि गाउँमा घरहरु पर्याप्त नहुन सक्छन् । त्यसको लागि कसैको घर तथा सार्वजनिक घरहरु छन् भने पनि तीनलाई प्रयोगमा ल्याउने योजना स्थानीय जनप्रतिनिधहरुले गर्नुपर्दछ ।
आज हामी सामान्य अवस्थामा छैनौं । यो असामान्य अवस्थासँग जुध्नको लागि तपाई हामी सबै नेपालीको साथ र सहयोगको आवश्यकता छ । यो महामारी प्रकोपको सामना गर्न पहिलो साथ र सहयोग भनेको घरपरिवारदेखि समुदाय, समाज हुँदै वडा गाउँ जिल्ला प्रदेश हुँदै राष्ट्र होइन अन्तराष्ट्रिय स्तरमा समेत व्यापक एकता आवश्यक छ । यसकारण आजको आवश्यकता भनेको हाम्रो सम्पूर्ण क्रियाकलापलाई तुरुन्त बन्द गरेर घरमै सुरक्षित बस्नु हो । यसलाई हामी नागरिकले खेलाचीको रुपमा नलिऔं । अहिले कोरोना भाइरस फैलिएको इटालीमा पनि केही हप्ता अगाडि यस्तै अवस्था थियो । रोग प्रवेश नियन्त्रणका लागि भरपर्दो उपाय तथा प्रभावकारी प्रतिकार्य योजना नभएको कारण अहिले इटालीमा यो समस्याले उग्र रुप लिइरहेको छ । त्यहाँको अवस्था नाजुक रहेको छ ।
यसकारण हामीले यो भाइरसको संक्रमणबाट बच्नको लागि हामी व्यक्तिगत रुपमै तयारी थाल्नुपर्छ । देशविदेशबाट घर फर्किरहेकाहरुलाई सरसफाई तथा सेल्फ क्वारेन्टाइनमा बस्नु अनिवार्य छ । क्षणिक माया दर्शाउने भावमा परिवारमा नै सबैभन्दा पहिले रोग स¥यो भने अवस्था के हुन्छ । त्यसबाट बेलैमा सचेत हुनुपर्दछ । हामीले गर्ने भनेको यो भाइरसलाई हाम्रो शरीरमा प्रवेश गर्न नै नदिनु हो । त्यसको लागि सकेसम्म अत्यावश्यक काम बाहेक भिडभाडमा नजाने, भिडभाडमा जादा मास्क लगाउने, एक आपसमा कुरा गर्दा नजिक भएर कुरा नगर्ने गरेमा यो भाइरसको संक्रमण जोखिम कम गर्न सकिन्छ । यसकारण पछि पछुताउनु भन्दा सहि समयमै सहि निर्णय गरेर यो महामारीको प्रकोपबाट आपूm बाँचौ र अरुलाई पनि बचाऔं ।
रिजाल प्युठानको माण्डबि राष्ट्रीय साप्ताहिकका प्रकाशक/ सम्पादक हुनुहुन्छ।
