
pku
Rgp
Srbpu
Ggp
Djs
Gfs
Ses
Sgr
Unsku
Pes
Lnp
Pbu
cjs
Rgp1

Tsm
Hal
Rgu
Ksm
nsb
Rgu
Ggd
Bbu
Wsp
Sls
Ssm
Sbs
Gst
Rsb
Asm
Bbbpu
Rgs
Pvg
Vor

bbt
Syp
Ptm
Pls
Jmb
Mks
sab
Gsb
Rpp
Abd
Jmb
Rmb
Bml
दाङ । कुनैबेला मेला महोत्सब लाग्ने थलोका रुपमा चिनिने देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ ।
लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ सेन्टर समेत बन्यो । यो खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो । यावत कारणले मैदान कुरुप जस्तै देखिन थाल्यो । तब नगरबिकाश समितीको ध्यान मैदानको संरक्षण सँगै सँरचना निर्माण तर्फ तेर्सयो । समितीले बर्सेनि बजेट बिनियोजन गर्दै संरचना बनाउदै आयो ।
हालसम्म समितीले १० करोड बढी लागत खर्च गरेर बनाएको सुबिधायुक्त मैदान सुन्दर देखिन्छ । यसरी कुनैबेला ड्राईभिङ्ग,मेला महोत्सब र गौचरणका लागी प्रयोगमा आउने उक्त मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदानको रुपमा बिकसित बन्न पुग्यो ।
८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनिसकेका छन । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट निर्माण कार्यपनि अन्तिम चरणमा छ । कमेन्ट्री बक्स भबन र डिजिटल स्कोरिङ बोर्ड समेत बनाइ सकिएको छ । ईन्डोर, आउटडोर अभ्यास गर्ने भवनहरु पनि छन । जुसले गर्दा खेलाडी उत्पादन सँगै समग्र जिल्लाको पहिचान समेत बनाउँदै आएको छ । राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भईसकेको यस मैदानमा पछिल्ला समय त्यस्ता प्रतियोगिताहरु हुन सकिरहेका छैनन् ।
२०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने सञ्चालन गरिएको थियो । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता हुन सकेको छैन । त्यसोत हालसालै प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागी लुम्बिनी प्रदेशका केही जिल्लाहरुको छनौट खेलहरु खेलाईएको थियो । बर्सेनि मेयरकप र क्लब तथा बिद्यालयहरुले आयोजना गर्ने टुर्नामेन्ट बाहेक यस मैदानको उपलब्धी शून्य देखिन्छ । यो मैदान राष्ट्रिय स्तरका खेलको पर्खाईमा रहेको छ ।
अन्तर्राष्ट्रिय मैदान निर्माणसँगै आर्थिक तथा ब्यबसायिक पक्ष सबल बन्ने बिस्वास यस क्षेत्रले गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सञ्चालन हुनसके यसक्षेत्र आर्थिकको पाटोमा बलियो बन्ने यहाँका ब्यबसायीहरुको बुझाई छ । तर त्यसो हुन सकिरहेको छैन । राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान) को ध्यान जान जरुरी छ । तर क्यानले प्रतियोगिता सञ्चालनका लागि मैदान सहित सँरचनाहरु आफुलाई हस्तान्त्रण हुनुपर्ने बताउँछ । २०७० सालमा क्यानले नगरबिकाश समितीलाई निबेदन गर्दै मैदान हस्तान्त्रण गर्नुहुन भन्दै अनुरोध गरेको थियो । सो समयमा संरचना निर्माणको क्रम तिब्र भएकाले निबेदनले सार्थकता पाउन सकेन ।
निर्माण भईसकेर क्यान र समिति बिच २०७९ सालमा के गर्ने भन्ने बिषयमा पनि मौखिक छलफल चलेको थियो । ५ बर्षका लागि मैदान जिम्मा दिनुहुन भन्दै क्यानले आफ्ना बुँदागत सहमती समेत पठाएको थियो । तर ती सहमतीले स्थान नपाउँदा क्यानलाई दिने नदिने भन्ने बिषय अन्यौलमा परेको छ । क्यानले मैदान आफुलाई हस्तान्त्रण गरिनुपर्ने धारणा राख्छ । नत्रभने खेलहरु हुन नसक्ने स्पष्ट बुझिन्छ । किनकि यस मैदानमा राष्ट्रिय पुरुष प्रतियोगिता आयोजना गर्नका लागी क्यानले आफ्नो क्यालेन्डरमा समेत समाबेस गरेको छ । तरपनि खेलभने खेलाउन सकिरहेको छैन ।
करोडौको लागतमा निर्माण भएको मैदानमा आफ्नोपनि केही स्वामित्व हुनुपर्ने समितीको धारणा छ । क्यानले पठाएको केही सहमतीहरु चित्त नबुझ्दो भएको र त्यसलाई हेरफेर गरिने लमही नगरबिकाश समितीका अध्यक्ष जोगराज चौधरीले बताए ।
समितिको बोर्डले सोझै निर्णय गर्नुभन्दापनि प्रतिबेदन सहित निर्णय गरिनुपर्ने धारणा सहित समितीले उपसमिती समेत गठन गरेको उनले बताए । ‘२/४ ओटा बुँदा छन, हामी त्यसैमा सहमतीको प्रयास खोजिरहेका छौ चौधरीले भने-नदिने भन्ने बिषय होईन, करोडौ लगानी गरेको मैदानमा खेल होस भन्ने हाम्रोपनि धारणा हो ।’ मैदानमा राष्ट्रिय स्तरका खेल सञ्चालन र समग्र दाङको बिकाशका लागि आफुहरु चिन्तित रहेको भन्दै चौधरीले क्यानसँग सहमती गरेर केही दिनमै खुसीको समाचार सुनाउन आतुर रहेको बताए ।
समितिका सदस्य सुवास न्यौपानेको सँयोजकत्वमा उपसमिती गठन भईसकेको छ । समितिले प्रतिबेदन बुझाउने छ । सोही अनुरुप दुबैपक्ष आधिकारिक रुपमा छलफल गर्दै क्यानलाई जिम्मा दिने तयारी थालिएको समितिका सँयोजक सुवास न्यौपानेले बताए । ‘सहमती भएपछि क्यानलाई जिम्मा दिनु ठुला कुरा भएन, पहिले सहमती जुट्नुपर्यो सँयोजक न्यौपानेले भने-खासगरी क्यानका साथीहरुनै पछिल्लो समय सम्पर्कमा हुनुहुन्न ।’
नेपालमा बिरलै पाईने देउखुरी क्रिकेट मैदानमा नियमित खेलहरु भए समग्र दाङको बिकाश हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैँयाले बताए । राष्ट्रिय स्तरका खेलहरु यस मैदानमा खेलाउन बिगतदेखी आफु लागिरिरहेको र लमहीको बिकसित मैदानले सबैको ध्यान तान्नेमा बिश्वस्त रहेको पनि बताए ।
लमही नगरबिकास समितिका अध्यक्ष जोगराज चौधरीले भने केही बुँदाहरुमा सहमती हुन बाँकी रहेको बताए । उनले यस मैदानमा नियमित खेल खेलाउँदै यसक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जोडतोडले सबै लाग्नुपर्ने बताए । हाल उक्त मैदान देउखुरी क्रिकेट क्लबको अधिनमा छ । साँच्चिकै सबैको सहकार्यमा रातदिन खेलहरु आयोजना गर्नसके समग्र दाङ सँगै लुम्बिनी प्रदेशको शिर उचो हुने कुरामा दुईमत छैन ।
