टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, चैत्र १६, २०८०

दाङ । कुनैबेला मेला महोत्सब लाग्ने थलोका रुपमा चिनिने देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ ।

लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ सेन्टर समेत बन्यो । यो खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो । यावत कारणले मैदान कुरुप जस्तै देखिन थाल्यो । तब नगरबिकाश समितीको ध्यान मैदानको संरक्षण सँगै सँरचना निर्माण तर्फ तेर्सयो । समितीले बर्सेनि बजेट बिनियोजन गर्दै संरचना बनाउदै आयो ।

हालसम्म समितीले १० करोड बढी लागत खर्च गरेर बनाएको सुबिधायुक्त मैदान सुन्दर देखिन्छ । यसरी कुनैबेला ड्राईभिङ्ग,मेला महोत्सब र गौचरणका लागी प्रयोगमा आउने उक्त मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदानको रुपमा बिकसित बन्न पुग्यो ।

८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनिसकेका छन । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट निर्माण कार्यपनि अन्तिम चरणमा छ । कमेन्ट्री बक्स भबन र डिजिटल स्कोरिङ बोर्ड समेत बनाइ सकिएको छ । ईन्डोर, आउटडोर अभ्यास गर्ने भवनहरु पनि छन । जुसले गर्दा खेलाडी उत्पादन सँगै समग्र जिल्लाको पहिचान समेत बनाउँदै आएको छ । राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भईसकेको यस मैदानमा पछिल्ला समय त्यस्ता प्रतियोगिताहरु हुन सकिरहेका छैनन् ।२०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने सञ्चालन गरिएको थियो । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता हुन सकेको छैन । त्यसोत हालसालै प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागी लुम्बिनी प्रदेशका केही जिल्लाहरुको छनौट खेलहरु खेलाईएको थियो । बर्सेनि मेयरकप र क्लब तथा बिद्यालयहरुले आयोजना गर्ने टुर्नामेन्ट बाहेक यस मैदानको उपलब्धी शून्य देखिन्छ । यो मैदान राष्ट्रिय स्तरका खेलको पर्खाईमा रहेको छ ।

अन्तर्राष्ट्रिय मैदान निर्माणसँगै आर्थिक तथा ब्यबसायिक पक्ष सबल बन्ने बिस्वास यस क्षेत्रले गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सञ्चालन हुनसके यसक्षेत्र आर्थिकको पाटोमा बलियो बन्ने यहाँका ब्यबसायीहरुको बुझाई छ । तर त्यसो हुन सकिरहेको छैन । राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान) को ध्यान जान जरुरी छ । तर क्यानले प्रतियोगिता सञ्चालनका लागि मैदान सहित सँरचनाहरु आफुलाई हस्तान्त्रण हुनुपर्ने बताउँछ । २०७० सालमा क्यानले नगरबिकाश समितीलाई निबेदन गर्दै मैदान हस्तान्त्रण गर्नुहुन भन्दै अनुरोध गरेको थियो । सो समयमा संरचना निर्माणको क्रम तिब्र भएकाले निबेदनले सार्थकता पाउन सकेन ।

निर्माण भईसकेर क्यान र समिति बिच २०७९ सालमा के गर्ने भन्ने बिषयमा पनि मौखिक छलफल चलेको थियो । ५ बर्षका लागि मैदान जिम्मा दिनुहुन भन्दै क्यानले आफ्ना बुँदागत सहमती समेत पठाएको थियो । तर ती सहमतीले स्थान नपाउँदा क्यानलाई दिने नदिने भन्ने बिषय अन्यौलमा परेको छ । क्यानले मैदान आफुलाई हस्तान्त्रण गरिनुपर्ने धारणा राख्छ । नत्रभने खेलहरु हुन नसक्ने स्पष्ट बुझिन्छ । किनकि यस मैदानमा राष्ट्रिय पुरुष प्रतियोगिता आयोजना गर्नका लागी क्यानले आफ्नो क्यालेन्डरमा समेत समाबेस गरेको छ । तरपनि खेलभने खेलाउन सकिरहेको छैन ।

करोडौको लागतमा निर्माण भएको मैदानमा आफ्नोपनि केही स्वामित्व हुनुपर्ने समितीको धारणा छ । क्यानले पठाएको केही सहमतीहरु चित्त नबुझ्दो भएको र त्यसलाई हेरफेर गरिने लमही नगरबिकाश समितीका अध्यक्ष जोगराज चौधरीले बताए ।

समितिको बोर्डले सोझै निर्णय गर्नुभन्दापनि प्रतिबेदन सहित निर्णय गरिनुपर्ने धारणा सहित समितीले उपसमिती समेत गठन गरेको उनले बताए । ‘२/४ ओटा बुँदा छन, हामी त्यसैमा सहमतीको प्रयास खोजिरहेका छौ चौधरीले भने-नदिने भन्ने बिषय होईन, करोडौ लगानी गरेको मैदानमा खेल होस भन्ने हाम्रोपनि धारणा हो ।’ मैदानमा राष्ट्रिय स्तरका खेल सञ्चालन र समग्र दाङको बिकाशका लागि आफुहरु चिन्तित रहेको भन्दै चौधरीले क्यानसँग सहमती गरेर केही दिनमै खुसीको समाचार सुनाउन आतुर रहेको बताए ।

समितिका सदस्य सुवास न्यौपानेको सँयोजकत्वमा उपसमिती गठन भईसकेको छ । समितिले प्रतिबेदन बुझाउने छ । सोही अनुरुप दुबैपक्ष आधिकारिक रुपमा छलफल गर्दै क्यानलाई जिम्मा दिने तयारी थालिएको समितिका सँयोजक सुवास न्यौपानेले बताए । ‘सहमती भएपछि क्यानलाई जिम्मा दिनु ठुला कुरा भएन, पहिले सहमती जुट्नुपर्यो सँयोजक न्यौपानेले भने-खासगरी क्यानका साथीहरुनै पछिल्लो समय सम्पर्कमा हुनुहुन्न ।’

नेपालमा बिरलै पाईने देउखुरी क्रिकेट मैदानमा नियमित खेलहरु भए समग्र दाङको बिकाश हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैँयाले बताए । राष्ट्रिय स्तरका खेलहरु यस मैदानमा खेलाउन बिगतदेखी आफु लागिरिरहेको र लमहीको बिकसित मैदानले सबैको ध्यान तान्नेमा बिश्वस्त रहेको पनि बताए ।

लमही नगरबिकास समितिका अध्यक्ष जोगराज चौधरीले भने केही बुँदाहरुमा सहमती हुन बाँकी रहेको बताए । उनले यस मैदानमा नियमित खेल खेलाउँदै यसक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जोडतोडले सबै लाग्नुपर्ने बताए । हाल उक्त मैदान देउखुरी क्रिकेट क्लबको अधिनमा छ । साँच्चिकै सबैको सहकार्यमा रातदिन खेलहरु आयोजना गर्नसके समग्र दाङ सँगै लुम्बिनी प्रदेशको शिर उचो हुने कुरामा दुईमत छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]