ओमप्रकाश गुप्ता आइतबार, चैत्र ११, २०८०

दाङ । देउखुरीको मसुरियामा करेन्ट लागेर एकै घरका ३ जनाकै मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष ४ को कृष्ण केसी र हजुरआमा ५५ वर्षीय दिलसरा केसी र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्जलबहादुर सिंहले जानकारी दिएका छन् ।

त्यस्तै घाइते मध्ये हजुरआमा र नातिको लमही अस्पताल र हजुरबुवाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घरको आगनमा उभिएको अवस्थामा चुडिएको तारले करेन्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

एक्कासी बिजुलीको तार चुँडिएर घरको आँगनमा खस्न पुग्दा कृष्णलाई करेन्ट लागेको पछि बचाउन जाँदा हजुरबुबा र हजुरआमालाई पनि करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ । विधुतको लापरबाहीले तार चुडिएर मानवीय क्षति भएको स्थानीयहरूले बताएका छन् । अहिले मृतकका आफन्तले क्षतिपूर्तिको माग राखि विधुत जोड्न दिएका छैनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]