दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माण कार्यको लागि विधिवतरुपमा शुक्रबार शिलान्यास भएको छ ।राजपुर गाउँपालिकाद्वारा विनियोजित स्टिमेट कुल बजेट ९० लाखमा निर्माण हुन लागेको उक्त भवनको निर्माण कार्यको ठेक्का भिमा देवी निर्माण सेवाले लिएको छ । भुकम्परहित निर्माण हुने उक्त भवनको ४,४ कोठाको दुई तल्लाको बन्ने छ भने ३ तल्ला माथि एक कोठाको स्टिमेट अनुसार बनाइने र निर्माण कार्य २०७८ जेष्ठ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको निर्माण सेवाका प्राइभेट प्राविधिक आशिष पन्थीले जानकारी दिनु भयो ।वडा सदस्य गोमा अधिकारी,वडा सचिव गिरधारी यादवले संयुक्तरुपमा विधिवतरुपा शिलान्यास गर्नु भएको हो । सो भवन उद्घाटन कार्यक्रममा वडा सदस्य शिउप्रसाद चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका कार्यदल कमिटीका सदस्य देवीराम सुनार,सो पार्टीको वडा नम्बर १ वडा कमिटीका वडा अध्यक्ष नारायण पुन,समाज सेवि एवम् बुद्धिजीवी मानबहादुर बुढा,लगायतको उपस्थितिमा भवन निर्माण कार्यको शिलान्यास भएको थियो ।त्यस्तै अहिले राजपुर गाउँपालिकाको वडा नम्बर २,५ र ७ मा वडा कार्यालय भवन निर्माण गर्ने कार्यहरु सम्पन्न हुन लागेको छ भने वडा नम्बर ४ मा सम्झौता गरेर कार्यालय भवन निर्माण गर्ने कार्य भैरहेको वडा अध्यक्ष रामेश्वर यादवले जानकारी दिनु भयो ।