
Pes
Ggp
Srbpu
Rgp
Djs
Gfs
Rgp1
Sgr
cjs
Lnp
pku
Ses
Unsku
Pbu

Ksm
Bbu
Ggd
Rgs
Asm
Tsm
Vor
Sls
nsb
Rgu
Wsp
Pvg
Sbs
Gst
Rgu
Bbbpu
Ssm
Rsb
Hal

bbt
Jmb
Syp
Pls
Bml
Rmb
Abd
Rpp
Jmb
Gsb
Ptm
Mks
sab
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर गत फागुन २२ गतेबाट सुरु गरेको अन्तरपालिका स्तरीय खेलकुद ६ दिन पश्चात आईतवार सम्पन्न गरेको छ ।
देउखुरी क्षेत्रका चार स्थानीय तहहरु लमही नगरपालिका, राजपुर गाउँपालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिका बिच भएको मैत्रीपूर्ण फूटवल खेलमा राप्ती गाउँपालिकाले बिजय हाँसिल गरेको खेल संयोजक गढवा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष हरीभगत चौधरीले जानकारी दिए ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यमा समापन समारोहको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टले खेल मानव स्वास्थ्यको प्रतिक भएको र खेलले नागरिकलाई स्वस्थ्य राख्ने हुँदा स्वस्थ्य नागरिकबाट बिकास र समृद्धिको सम्भावना रहेको बताए । खेल मित्रता र सद्भाव बढाउने माध्यम भएको भन्दै प्रमुख अतिथी बिष्टले गढवाले देउखुरीका पालिकाहरुबिच समन्वय र सहकार्यको उत्कृष्ट नमूना प्रदर्शन गरेको बताए ।
कार्यक्रममा गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहजराम यादव,नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेल,राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,जनता माबि गढवाका प्रअ रामसुरत यादव र सरस्वती मावि गोबरडिहाका अध्यक्ष आशाराम चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले गरेका थिए ।
फागुन २२ देखि सुरु भएको उक्त खेलकुद प्रतियोगितामा संघसंस्था पुरुष र शिक्षक महासंघ बिचको फूटवल प्रतियोगितामा शिक्षक महासंघ प्रथम भएको छ भने महिला जनप्रतिनीधी र संघसंस्थाका महिलाहरु बिच भएको फूटवलमा संघसंस्थाका महिलाहरुले प्रथम स्थान हाँसिल गरेका छन् ।
त्यस्तै बिजेताहरुलाई नगद १५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी वडा स्तरीय भलिवलमा वडा नं. ४ प्रथम, वडा नं. ३ द्धितिय र वडा नं. ७ ले तृतिय स्थान हाँसील गरी क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै क्रिकेट खेलतर्फ वडा नं. ४ प्रथम, वडा नं. ५ द्धितिय र वडा नं. ८ ले तृतिय स्थान प्राप्त गरी क्रमशः उपरोक्त राशीकै पुरस्कार प्राप्त गरेका छन् । वडा स्तरीय फूटवल प्रतियोगितामा वडा नम्बर वडा नं. २ प्रथम, वडा नं. ७ द्धितिय र वडा नं. ६ ले तृतिय पुरस्कार प्राप्त गरेका छन् भने ब्याडमिण्टनमा वडा नं. ४ प्रथम र वडा नं. २ ले द्धितिय स्थान हाँसिल गरेका छन् । दुवै खेलमा बिजय हुने टिमले उपरोक्त राशीकै पुरस्कार हात पारेका हुन् ।
त्यस्तै तेक्वान्दो र कराँतेमा २४ जना खेलाडीहरुले मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गरेका छन् भने १५ सय मिटरको पुरुष दौडमा महिला तर्फ नं.३ का अरुणीमा चौधरी र पुरुष तर्फ वडा नं. २ का पुरुषेत्तम चौधरी प्रथम भएका छन् । सटफूट महिला तर्फ ६ नम्बरका करिमा कुमाल र पुरुष तर्फ ३ नम्बरका मनोज चौधरी प्रथम भएका छन् ।
त्यसैगरी ज्याब्लीङ थ्रो तर्फ वडा नं. ४ का देब बहादुर कुमाल र महिला तर्फ वडा नं. ६ का यमुना कुमाल प्रथम भएका छन् । एकसय मिटर दौडमा महिला तर्फ ४ नम्बर वडाका आशिका चौधरी र पुरुष तर्फ वडा नम्बर ४ कै अब्दुल रहिम मुसलमान प्रथम भएका छन् । सो अवसरमा हालै घोराहीमा सम्पन्न भएको १४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण,रजत र कास्य पदक प्राप्तगर्न सफल गढवा गाउँपालिकाका ११ जना खेलाडीहरुलाई सम्मान गरिएको थियो भने खेलकुद कार्यक्रमका प्राबिधिक सहयोगमा खट्ने रेफ्री तथा खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
