
Unsku
Lnp
Rgp
Sgr
Rgp1
Pbu
pku
Ggp
Srbpu

Asm
Vor
Ksm
Bbu
Ssm
Wsp
Rgu
Sls
Gst
Hal
Rsb
Tsm
nsb
Sbs
Rgu
Rgs
Pvg
Bbbpu
Ggd

Gsb
Syp
Mks
sab
Ptm
Rpp
Pls
Bml
Jmb
Rmb
Abd
bbt
Jmb
दाङ । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ र लमही चेम्बर अफ कमर्सले लमही बजार क्षेत्रमा होर्डिङ बोर्ड लगाएका छन् ।
लमही बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले बजार क्षेत्रका १० स्थानमा नामांकित होर्डिङ बोर्ड राखिएको हो । लमही गल्ली,पीसीओ रोड, साहामार्ग, बैंक रोड,लमही बसपार्क,कान्छीरोड र गढवा ७ किलोमिटर भनेर बोर्ड स्थापना गरिएको छ । बजार क्षेत्र भनेर ३ वडा बोर्ड राखिएको दाङ चेम्बरले जनाएको छ ।
बोर्ड स्थापना कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले लमही बजारलाई व्यवस्थित गर्न सम्पूर्ण संघ-संस्थासँग समन्वयका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । ‘बजार हामी सबैको हो, यसलाई व्यवस्थित गर्नु हामी सबैको दायित्व हो, यसमा सबैको हातेमालो आवश्यक छ,’ उनले भने ।
त्यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुसालले बाहिरी क्षेत्रबाट बजार क्षेत्रमा प्रवेश गरेका आमनागरिक अलमलमा नपरुन् भन्नाका लागि बोर्ड राखिएको बताए । ‘अहिले बजारको अवस्था खस्किँदो छ, बजारलाई चलायमान बनाउन रचनात्मक ढंगले अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।
त्यसतै देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष जागेश्वर बस्यालले पहिले बजार हिँड्ने बटुवा र किनमेल गर्न आएका उपभोक्तालाई म कुन चोकमा छु भन्ने अलमल हुने समस्या देखापरेकाले बोर्ड राखिएको बताए । बोर्डले केही सहज हुने उनको विश्वास रहेको छ ।
