
Unsku
Sgr
pku
Lnp
Rgp
Srbpu
Ggp
Rgp1
Pbu

Rgs
Wsp
nsb
Sbs
Asm
Ssm
Tsm
Bbu
Hal
Sls
Rgu
Ksm
Rgu
Bbbpu
Gst
Vor
Pvg
Ggd
Rsb

Jmb
Bml
Jmb
Ptm
Syp
Mks
Gsb
Pls
bbt
Abd
Rpp
sab
Rmb
दाङ । दाङको लमही स्थित अर्जुनखोलामा पुर्ब-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
सवारी दुर्घटनामा परि अटाे चालक लमही ७ कमानपुर निवासी ३५ बर्षिय विष्णु बहादुर थापाकाे मृत्यु भएपछि पिडित परिवारले राजमार्ग बन्द गरेको हो ।
२५ गते अर्जुनखोलामा ४ वटा सवारी साधान आपसमा ठोक्किएका थिए । महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र बिपरित दिशा बाट आउदै गरेको रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो । प्रहरीले चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट छ । अन्य घाईते भने उपचार पश्चात् डिस्चार्ज भईसकेका छन ।
पिडित परिवारले शब नबुझी सम्बन्धित गाडी धनी आएर स्पष्ट छलफल गर्नुपर्ने बताएका छन । मृतक थापाकि श्रीमती प्रिति थापा मगरले घटनास्थलमै आएर गाडी धनीले स्पष्ट छलफल गर्नुपर्ने बताईन । श्रिमान गुमाएकी थापाले सरकारले पिडामा पीडा थप्नुको साटो स्पष्ट छलफल गराई पिडामा मल्लहम लगाउनुपर्ने बताईन । मृतक थापाको न्युरो अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । शबलाई भेरी अञ्चल अस्पतालमा राखिएको छ । शबको पोष्टमार्टम गरिएको छैन ।
स्वर्गीय बिष्णु र प्रितीको एक छोरा र एक छोरी छन ।
